धरान विशेष

धरानको पिण्डेश्वर मन्दिरमा आज सम्म ३ लाख भक्तजनहरुले जल चढाए

धरान उपमहानगरपालिका अ वाड नम्बर १४ मा रहेको पिण्डेश्वर मन्दीरमा साउन १ गते बाट सुरु भएको पिडेश्वर बाबाधाममा बोलबम मेलाको आज अन्तिम सोमबार भक्तजनको अत्याधिक घुइचो लागेको छ ।

साउन महिनाको आज अन्तिम सोमबार बिहानैदेखि विशेष पूजाआजा भइरहेको छ विशेष गरी साउन महिनाको सोमबारे व्रत बस्नेहरुले आज विधिपुर्वक पुजा गर्दै व्रत समापन गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ। पूजापाठ गर्न र पिण्डेश्वर बाबाधाममा जल चढाउनको लागि आइतबार साँझैदेखि नै भक्तजनहरु भिड लागेको थियो। सोमबार साँझसम्म नै भक्तजनहरु जल चढाउछन।

यस पटक भदौको पहिलो सोमबार पनि तिथि अनुसार जल चढाउने र बोलबम मेला लाग्ने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताउनुभयो ।

अध्यक्ष बनेपालीका अनुसार बोलबम मेलाका क्रममा अहिलेसम्म ३ लाखभन्दा बढी भक्तजनले धरानको पिण्डेश्वर बाबाधाम मन्दिरमा जल चढाएको तथा मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना भगवानको दर्शन गरेको छ।

यश पटक पिण्डेश्वर बाबाधाममा मोरङ र झापाको भक्तजनहरुको बढीमात्रामा उपस्थीती रहेको छ। बैतडी, दाङ, बाजुरा,रौतहत अछाम, डडेलधुरालगायतका जिल्ला ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो। सिक्किम , दार्जिलिङ् भारत लगायतका ठाउँहरुबाट बोलबम भक्तजनहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएका छन।

भिडियो पनि हेर्नुस

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।