धरान विशेष

धरानका १० दलद्वारा नगरपालिका घेराउ र धर्ना, विद्मार्थी कुटिए पछि झडप

धरान खानेपानी बोर्डले खानेपानी महसुल बढाए पछि धरानका १० राजनैतिक दल आदोलनरत छ। आज बिहिवार धरान उपमहानगरपालिका घेराउ र धर्ना दिने क्रममा झडप भएको छ। झडपमा २ विद्मार्थी र १ प्रहरी घाइते भएका छन।

एक जना विद्यार्थी निर्घात कुटिएका थिए भने अर्का विद्मार्थीको खुट्टामा चोट लागेको र एक प्रहरीको हातको दुई औलामा गम्भीर चोट लागेको थियो ।

विद्यार्थी कुटिएपछि आन्दोलन झन् उग्र बन्यो, र उपमहानगरको गेटमाथि विद्यार्थीहरु चढेर बोर्ड फोड्ने प्रयास गरेका थिए

धरान खोनपानी व्यवस्थापन बोर्डले खानेपानीमा नौ हजार नौ सय प्रतिशतसम्म महसुल वृद्धि गरिएको भन्दै स्थानीयबासीहरू साउन ११ यता आन्दोलनरत छन् ।

स्थानीय उपभोक्ताहरूले अश्लील गाली गर्दै जुत्ताको माला बनाएर ‘मेयर साम्पाङलाई लगाउने’ भन्दै तँछाडमछाड समेत गरेका थिए ।

आन्दोलन चर्किएपछि मेयर साम्पाङ गेट नजिकसम्म आएर सम्बोधन गर्दै आइतबार वार्तामा आउन आह्वान गरेका थिए । तर राजनीतिक दलहरुले आइतबारसम्म नपर्खने भन्दै तत्काल वार्ता हुनुपर्ने अडान राख्दै आन्दोलनलाई निरन्तरता दिए ।

नेपाली काँग्रेस नगर सभापती श्याम पोखरेलले भने मेयर हर्क साम्पाङले बेवास्ता गरेकोले झडप स्थीती भएको हो।हामी बटुवा होइनौँ, राजनीतिक दल हौँ । त्यसलै लिखित पत्र काटेर वार्तामा बोलाउनुपर्छ,’ उनले भने, ‘फेसबुकमार्फत र मौखिक रूपमा वार्तामा बोलाएर हुँदैन । किनकि, हामीले पनि लिखित नै पत्र काटेर महसुल घटाउन माग गरेका छौँ ।’

१० राजनिती दलले महसुल बृद्वी नघटाए सम्म आन्दोलनलाई निरन्तरता दिने र आन्दोलनलाई सशकत बनाउदै लाने जानकारी दिएका छन।

विद्यार्थी कुटन पाईन्दैन भन्दै बिलुका ५ बजे सम्म विद्मार्थीहरुले धर्ना दिए पछि बाध्य भएर मेयर साम्पाङले पत्र पठाउदै घटनाप्रति दुःख व्यक्त गरेपछि विद्यार्थीहरुले आन्दोलन रोकेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।