धरान विशेष

धरानबासीलाई बृद्वी भएको खानेपानीको महशुल नतिर्न १० दलको अपिल

धरान: खानेपानी बोर्डले महशुल बृद्वी गरेपछी १० राजनीतिक दलहरु दोस्रो चरणको आन्दोलन गरिरहेको छ। वृद्धि भएको खानेपानी महशुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म नबुझाउन धरानबासीमा अपिल गरेका छन् ।

आईताबार राजनीतिक दलहरुले संयुक्त अपिल जारी गर्दै खानेपानी महशुल पुरानै दररेट कायम नगरुन्जेल महशुल नतिर्न अपिल गरेका छन। दलहरुले दोस्रो चरणको विरोधका कार्यक्रम अन्तर्गत आईताबार बोर्डको कार्यलय घेराउ र तालाबन्दी गरेका छन।

आज बाट महशुल काउन्टरमा तालाबन्दी गर्ने पनि अपिलमा उल्लेख गरिएको छ । ‘साथै वृद्धि भएको खानेपानीको महशुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म खानेपानीको महशुल तथा शुल्क नबुझाउन सम्पुर्ण धरानबासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौ अपिलमा भनिएको छ ।

दलहरुले धरानबासीको मागप्रति सुनुवाई नगर्दा चरणबद्ध आन्दोलनमा उभिनुपरेको पनि उल्लेख गरेका छन् । साउन ११ गते तीन बुँदे माग राखेर ७२ घण्टाको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको तर खानेपानी बोर्डको स्वघोषित अध्यक्ष हर्कराज राईले वार्ताको कुनै पहल नगरेकाले बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रनुपरेको पनि दलहरुले बताएका छन् । 

१० राजनिती दलहरु जारी गरेको अपिलमा नेपाली काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।