व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको फेरिकाका प्रोपाईटर संगीता बाहिङ राई बताउछिन।

धरान-१० पुतली लाईनमा यहि असार २७ गते बिहिबार बाट फेरिका कुर्ती ओरिफेम ब्रान्ड कस्मेटिक पसल कोसी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले पसलको उद्घाटन गर्नु भएको छ।

‘फेरिका’ विजयपुर हस्पिटल अगाडि सडकको माथिल्लो पट्टि छ । शुद्ध सुती (कटन) कुर्ती लगायत आधुनिक युवतीहरूका लागि आकर्षक पहिरन फेरीकाको विशेषता भएको र धरानमा बसेपछि जुनसुकै उमेरकालाई पनि फेसनलाई नछोई नरहने सञ्चालिका सङ्गीता वाहिङले बताइन् ।

सञ्चालिका संगीता बाहिङ विद्मार्थी नेत्री नेबिसंघ केन्द्रीय सदस्य पनि हुन। काठमडौमा राजनिती यात्राकै क्रममा रहदा राजनिती भनेको सामाजिक कार्य हो र आफू र आफ्नो परिवार संचालनको लागि आम्दानी चाहिने भएकोले व्यबसाय गर्ने सोच आएको र आज फेरिकाको सुरुवात भएको बताईन।

काठमाडौमा नै व्यबसाय गर्ने योजना थियो तर आफ्नो ठाउमा केही गर्नु पर्छ भन्ने हुटहुटीले धरानमा नै गर्ने निर्णय गरे र आफुले व्यवसाय संगै राजनिती गर्दा अब राजनितीमा आउने भाइ बहिनीलाई पनि उदारण होस भनेर राजनिती संगै व्यबसाय सुरु गरेकी संगीता बाहिङले बताईन।

कुल १५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको र भिबा, डब्लु यालो ब्राण्डका कुर्ती ओरिफेम ब्रान्डको महिला तथा पुरुषको लोकप्रिय कस्मेटिक, परफ्युम फेरीकामा विक्री वितरण भइरहेको छ । सबै उमेरका किशोरी, युवा र महिलाहरूका लागी ज्वेलरी, गरगहना पनि फेरिकामा पाइने बताइएको छ ।

भिडियो पनि हेर्नुस

छुटाउनुभयो कि ?

व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई
व्यवसाय

चतराको पेडा पसलहरुमा नगरपालिकाको अनुगमन, दर्ता प्रकृयामा जान निर्देशन

धरान: चतराघाट क्षेत्रमा सञ्चालन भएका पेडा पसलहरुमा वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले अनुगमन गरेको छ । वराहक्षेत्र नगरपालिकाले वडा नं. १