धरान: तेस्रो राष्ट्रिय कुराँश प्रतियोगिता २०८१ बिहिबार धरानमा सम्पन्न भएको छ ।
धरान १६ स्थित रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेशले ६ स्वर्ण पदकको उपाधि प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। कोशी प्रदेशले ५ स्वर्ण पदक ल्याएर दोस्रो भएको छ भने गण्डकी प्रदेश ३ स्वर्ण पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।
प्रथम भएको बाग्मती प्रदेशले ६ वटा स्वर्ण पदक, १ वटा रजत पदक र १ वटा कास्य पदक गरि जम्मा ८ वटा पदक जित्न सफल भएको छ । दोस्रो हुने कोशी प्रदेशले ५ स्वर्ण पदक,८ रजत पदक २३ कास्य पदक प्राँप्त गर्दै ३६ वटा पदकमा चित्त बुझाएको छ। भने गण्डकी प्रदेशले ३ स्वर्ण , १० रजत, ५ कास्य गरि जम्मा १८ वटा पदक हासिल गरेको छ ।
मंगलबार देखि शुरु भएको राष्ट्रिय प्रतियोगितामा बागमती, कोशी,गण्डकी, लुम्बनी, सुदुरपश्चिम, प्रदेशबाट खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ) प्रतिस्पर्धीको रुपमा रहेका थिए ।
समापन समारोहमा बैशाख ७ देखि ८ गतेसम्म भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँस च्याम्पियनसिपका नेपालले २ स्वर्ण र ३ रजत पदक बिजेता । योगेन्द्र बिष्टले ८१ केजी समुह बिजेतालाई सम्मान पत्र सहित नगद १० हजार सहित सम्मान गरिएको छ । दिक्षा मगरले ४४ केजी समुहमा स्वर्ण पदक बिजेता , दिपिका अचाजुले ८७ केजी समुहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समुहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदकबिजेतालाई नगद ७ हजार सहित सममान पत्रले सम्मान गरिएको छ । भने प्रशिक्षक प्रविणकाजी श्रेष्ठलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मानीत गरिएको छ ।
प्रतियोगितामा महिला र पूरुष गरि ४५ देखि ७३ केजीको वजन भारमा ३० जना प्रतिस्पर्धा गरेका थिए भने जुनियर तर्फ २५ देखि ५० केजी सम्मका ४१ जनाको सहभागिता रहेको थियो ।
कुराँश खेल उज्बेकिस्तान देशको पारम्पारिक मार्सल आर्टको शैली हो । यो खेल यहि देशबाट शरु भएको कुराँस संघ केन्द्रीय अध्यक्ष जीवन राइले बताए। उनले कुराँश खेलको मान्यता १९८० देखि भएको बताए। यो खेलमा खेलाडीले आफनो प्रतिस्पर्धीलाई ग्राउण्डमा छिर्के लगाएर लडाउनु पर्ने हुन्छ । जसमा शरिरको तलको भाग कम्मर देखि तलको भाग समाउन मिल्दैन र किक पनि हान्न मिल्दैन । यो खेलको समय अवधि पूरुषको लागि ४ मिनेट र महिला खेलाडीको लागि ३ मिनेटको रहन्छ ।
समापन समारोहका प्रमुख अतिथि एवं कोशी प्रदेशका सामाजीक बिकास मन्त्री पाँचकर्ण राईले कुराँस खेलको प्रबल सम्भावना रहेको बताए । उनले खेल जगतलाई व्यवस्थित गर्दै ईमानदार र अनुशासित खेलाडी उत्पादन गर्न कोशी प्रदेश सरकार लागि परेको बताए । उनले खेलाडीहरुको कदर गर्दै दशौ रास्ट्रीय खेल् बिकासमा आव: २०८०र २०८१ मा बजेट बिनियोजन गरेको बताए ।
बिशेष अतिथी धरानका उपमेयर अईन्द्र बिक्रम बेघाले नेपालमा खेलिने सम्पुर्ण खेलहरु धरानमा खेलिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए । उनले खेलाडीहरुको भावनालाई समेटन उपमहानगरपालिकाले कुराँश खेललाई सम्बोधन गरेको बताए । उनले उपमहानगरपालिकाले कुराँशलाई यथेष्ट बजेट उपलब्ध गराउन नसके पनि रातो किताबमा बजेट समेट्ने प्रयास भएको बताए ।
कोशी प्रदेश खेलकुद मञ्चका अध्यक्ष किशोर राईले नेपाल खेलकुदको शहर हो भन्दै पुर्ण खेल व्यवसायी करण गर्नुपर्ने बताए । उनले खेलाडीहरुका लागि समाबेश बिधान बनाएर अगाडी बढनु पर्ने बताए । उनले स्थानीय सरकारलाई ईङगित गर्दै जिम्मेवारी मान्छेले भिजनसगै उपहारको व्यवस्थापन र पुर्वाधार व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा कुराँश संघका केन्द्रीय अध्यक्ष जीवन राई, कोशी प्रदेश प्रहरी बरिष्ठ उपरीक्षक जय सापकोटा , विभिन्न राजनैतिक दलका प्रतिनिधी वडाअध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।