धरान: वर्षाद सुरु भए संगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोप सुरु भए संगै नेबिसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितीद्वारा रक्तदान कार्यक्रम गरेका छन।
बुधबार क्याम्पसको प्राङगनमा भएको रक्तदान कार्यक्रममा विद्मार्थीहरुले १ सय ९ पिन्ट रगत दान गरेका थिए। नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
इकाई सभापती विनोद मगरले देशमा प्रकृति प्रकोप सुरु भएको र हस्पीटलहरुमा रगत अभाव भएको जानकारी आएकोले जिल्ला कार्यसमिती संग समन्वय गरेर पढाइ संगै सामाजिक कार्यमा पनि विधार्थीहरुको भुमिका हुने भएकोले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए।
सभापती मगरले विद्मार्थीहरुले दाइ यो ग्रुप त्यो ग्रुपको रगत मेरो आफ्नो मान्छेलाई आवश्यक परेको छ हस्पीटलमा उपलब्ध छैन भन्दै बारम्बार फोन आउने र गुनासो गर्ने भएकोले पनि रगत अभावलाई केही कम गर्ने विद्मार्थीहरुको प्रयास भएको बताए।
नेविसंघ सुनसरी जिल्ला सभापती प्रमोद भट्टराईले भने विद्मार्थीहरु सडकमा टायर बाल्न र ढुङगा हान्ने काम मात्र गर्दैन्न समाजम परेको बेला सामाजिक कार्यहरु पनि गर्ने यो रक्तदान कार्यक्रम एउटा उदारण भएको बताउदै प्रकृति प्रकोप सुरु भएकोले सुनसरी जिल्ला भरिका विभिन्न क्याम्पसका नेविसंघ इकाई समितीलाई रक्तदान गर्न विद्मार्थीहरुलाई निर्देशन पनि दिएका छन।
तरुण दल केन्द्रीय सद्स्य प्रेम मुकारुङ राईले विद्मार्थीहरु सामाजिक कार्यमा अग्रसर भएकोमा खुशी व्यक्त गर्दै आफुले ५० औ पटक रक्तदान गरेको जानकारी गराए र १८ बर्ष पुगेका विद्मार्थीहरुलाई निर्धक भएर रक्तदान गर्न अनुरोध पनि गर्नु भएको छ।
महेन्द्र बहुमुखी क्याम्पस प्रमुख चन्द कुमार राईले रक्तदान भनेको जीवन दान हो यसको महत्व हाम्रो घरभित्रका परिवारको सद्स्य बिरामी हुदा रगत अभाव भएको बेला रगत नपाउदा नजिक बाट अनुभव हुन्छ यस्तो महत्वका सामाजिक काम नेविसंघ ईकाईद्वारा हुदा खुशी व्यक्त गर्नु भएको छ।
सो कार्यक्रममा पुर्ब प्रदेश प्रमुख गोविन्द सुब्बा, धरानका निवर्तमान मेयर तिलक राई, नेबिसंघ केन्द्रीय सदस्य संगिता बाहिङ राई, तरुणदल केन्द्रीय सदस्य देवेन्द्र लिम्बू, जनता क्याम्पस नेबिसंघ सभापति सुमन बाबू बस्नेत, उपसभापती प्रमेश बस्नेत, पिण्डेश्वर क्याम्पस नेबिसंघ इकाई सभापती प्रमेश पौडेल लागाएत विद्मार्थीहरुको बाक्लो उपस्थीती रहेको थियो। उक्त कार्यक्रमको संन्चालन इकाई सचिव सन्देश राईले गरेका थिए।