धरान विशेष

धरानको विकट क्षेत्र बङ्सिलामा लालीगुराँस रोप्दै काँग्रेस

धरान: नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालिगुँरास रोपेर लालीगुराँस संरक्षण अभियान थालनी गरेको छ ।नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा जोडिएका छन् ।

गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिँदै गएपछि धरानको विकट क्षेत्र बङ्सिलामा लालीगुराँस रोपेर काँग्रेसले संरक्षण अभियान सुरु गरेको छ।

धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने बङ्सिला भौगोलिक रूपमा विकट मानिन्छ । भौगोलिक विकटताले डाक्टर शेखर निर्धारित कार्यक्रम स्थल सम्म पुग्न सकेनन् । कार्यक्रम स्थल नजिकै गुराँसको बिरुवा रोपेर अभियानको उद्घाटन गरे ।

बिरुवा रोप्ने क्रममा उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यस क्षेत्रको विकासको निम्ति लालीगुराँस अत्यन्तै महत्त्वपूर्ण रहेको र पर्यटन प्रवर्द्धनमा कोशेढुँगाको रूपमा स्थापित हुने धारणा राखे । धरानको विकट क्षेत्रमा पनि विकासको लागि यस्ता रचनात्मक कदमको जरुरी रहेको र लालीगुराँस संरक्षण अभियान निरन्तर लाग्नुपर्ने बताए ।

ताप्लेजुङको पाथीभरामा केबलकार सञ्चालनको लागि गुराँसको विनाश भएपछि अभियान थालिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । बिकट र पछाडि परेको क्षेत्र भएपनि प्राकृतिक रूपमा धनी बङ्सिलामा गुराँस सँगै स्थानीय जनताको भाग्य फुल्ने उनको भनाइ छ । राष्ट्रिय फुलको प्रजाति रोपेर समृद्धिको सन्देश दिन खोजेको उनले प्रष्ट पारे ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।