धरान विशेष

धरान कार्यपालिका बैठक: भुपु सैनिकहरुद्वारा वडा अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाए

धरान: ब्रिटिश आर्मी, भारतीय भूपू सैनिक र नेपाल सैनिकबाट अवकाश प्राप्त भूपू समुदायले मंगलबार धरान उपमहानगरपालिकाका वडा कार्यलय पुगेर वडा अध्यक्षहरुलाई छुट्टा छुट्टै भेटेर ज्ञापन पत्र बुझाएका छन ।

मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबीचको विवादले कार्यपालिका बैठक बस्न नसकेकोप्रति धरानका सम्पुर्ण भूपू सैनिकहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउदै  ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले धरान भूपू लाहुरेहरुको सहरकोरुपमा चिनिएको साथै यहाँको विकासमा योगदान रहेको र भविष्यमा पनि रहने ज्ञापन पत्रमा उल्लेख गरेका छन् । 

धरान १० का वडा अध्यक्ष विवेक राईले ज्ञापन पत्र बुज्दै धरान लाहुरेहरुले बनाएको र विश्वमा चिनाएको स्मरण गराउदै आज मेयरले आफुले चिनाएको दावी गर्नु कतिको सहि गलत भुपु लाहुरेहरुले छुटाउनु पर्ने बताउदै नियम अनुसार कार्यपालिकाको बैठक बोलाए तुरुन्त बैठकमा जाने बताए।

अध्यक्ष राईले २६ महिना सम्म मेयरको हरेक निर्णयमा सहि गर्दै ताली बजाउदै पास गरेको र आफ्नो वडाको कुरा राख्दा मेयरले बिरोधी भन्दै फेसबुक भरी लेख्नु हुन्छ वडा अध्यक्षहरुले कुनै गल्ती गरेको भए यो गलत भयो भनीदिन भुपु हरु संग आग्रह गरे। कोकाह प्रोजेक्टको हिसाब पारदर्शी नभएको आरोप लागाए।

भुपुहरुको ज्ञापन पत्र बुज्दै वडा अध्यक्षहरुले मेयरले स्थानीय सरकार संचालन ऐन अनुसार बैठक बोलाए तुरुन्तै जाने धारण व्यक्त गरेका छन।

भुपुहरुले आईताबर मेयर हर्क साम्पाङ र उपमेयर आईन्द्र बिक्रम बेघालाई कार्यलयमै पुगेर ज्ञापन पत्र बुझाई सकेका छन। मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुको बीचमा भएको विवादले आगामी आर्थिक बर्षको बजेट प्रभावित हुने हो कि भनेर चिन्तित रहेको भन्दै भूपू सैनिकहरुले चालु बर्षमा पनि प्रमुख प्रशासकीय अधिकृत नहुदा काम सकिएको योजनाको भुक्तानी हुन नसकेको र प्रशासनिक कार्य प्रभावित भएकोप्रति ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले सबैले आफ्नो जिम्मेवारी वहन गरि अनिर्णयको बन्दीलाई फुकुवा गरि बैठक बसेर आगामी आर्थिक बर्षको बजेट ल्याउन तत्काल कार्यपालिका बस्न पनि आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।