Uncategorized

धरानमा तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन सङ्घीय सरकारसँग दलहरुको माग

सङ्घीय सरकारसँग धरानका प्रमुख राजनीतिक दलहरूले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन सङ्घीय सरकारसँग माग गरेका छन् ।

आज प्रेस वक्तव्य जारी गर्दै धरानका ५ प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समक्ष माग गरेका छन् ।

वक्तव्यमा भनिएको छ ‘उपमहानगरपालिका प्रशासकीय प्रमुख विहीन भई रहँदा प्रशासनको कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति आईपर्दा धरानका प्रमुख राजनैतिक दलहरू मुखदर्शक हुन सक्दैनन् ।’

तुरुन्त प्रमुख प्रशासकीय अधिकृत खटाई उपमहानगरपालिकालाई कानुनी राज्यको प्रत्याभूति दिलाउन दलहरूले माग गरेका हुन् ।

प्रमुख प्रशासकीय विहीन हुँदा उपमहानगरपालिकामा प्रशासनिक कार्य गैरकानुनी ढङ्गबाट सञ्चालन भएको कार्यपालिका सदस्य जनप्रतिनिधिहरूले समेत सवाल उठाएका छन् । त्यसले नेपाल सरकारका कानुन, नीति, नियम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएको वक्तव्यमा उल्लेख छ ।

दलहरूले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दिर्घरोगी लगायत नागरिकहरूले तत्काल पाउनु पर्ने सेवा सुविधा समेत रोकिएकोमा क्षोभ प्रकट गरेको छ । वक्तव्यमा भनिएको छ ‘विकास निर्माणका भुक्तानीहरू, शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधामा समेत प्रत्यक्ष असर परि संक्रमणकाल सृजना भएको छ ।’

वक्तव्यमा नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा एकाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी इन्चार्ज चोत्लुङ, जसपा केन्द्रीय सदस्य ताजुब लिम्बु, नेकपा एस अध्यक्ष रेवती रमण राईले हस्ताक्षर गरेका छन् ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा