धरान विशेष

सहकारी पिडीतहरुद्वारा धरानको भानुचोकमा बिरोध प्रदर्शन गरे

धरान: सहकारी बचतकर्ता संरक्षण राष्टीय अभियान (महासंघ) द्वारा आयोजित देशव्यापी बिरोध कार्यक्रम अन्तरगत धरानको भानुचोकमा पनि आईताबार बचतकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन।

प्राइम बैंकले बराहको सम्पत्ति लिलामीको सुचना निकालेपछि हजारौं वचतकर्ताहरुको वचत तथा लगानी डुब्ने स्थितिमा पुगेकोले आइतबार साँझ पीडितहरु प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले बराहका सञ्चालकहरु र प्राइप बैंकविरुद्ध पनि नाराबाजी गरेका थिए ।

सहकारी पिडित प्रा. अशोक अबिरल राईले भने बराह सञ्चालकहरुले वचतकर्ताहरुलाई ठगी गरेको भन्दै पीडितहरुले प्रहरी प्रशासन, स्थानीय सरकार र राज्यले नै ठगीमा संलग्नहरुको संरक्षण गरिरहेको पनि आरोप लगाएका थिए ।

सहकारी पिडीत हेम विश्वकर्माले मकै बेचेर खाडीमुलुकमा पसिना बगाएर खाईनखाई बचत गरेको सहकारीले बचत फिर्ता नगरे देशव्यापी आन्दोलनको आधीहुरी ल्याउने २०८४ मा चुनाव हुन नदिने बताए।

गंगा राईले बचकर्ताहरु सुसाईट गर्दैछन कति धेरै बचतकर्ताहरु सुसाईट गर्न बाध्य हुदैछन राज्यकै संरक्षणमा सहकारी संचालकहरु आरामले बसीरहेको छ यो देश ठगहरुको देश भएको बताए।

बराह सहकारी र श्रेया सहकारीका पीडित वचतकर्ताहरुको बिरोध प्रदर्शनमा सहभागी थिए। बराह सहकारी तथा ग्रुप अफ कम्पनीमा हजारौं वचतकर्ता तथा लगानीकर्ताहरुको १० अर्ब भन्दा बढी रकम डुबेको छ । यस्तै, श्रेया वचत तथा सहकारी संस्थामा पनि वचतकर्ताहरुको करोडौं रकम डुबेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।