किरात राई यायोक्खा धरान -१५ कार्यसमितीले मंगलबार धरान -१५ को साकेला पार्कमा आयोजना गरेको साकेला नाच प्रदर्शन तथा शुभकामना कार्यक्रमा प्रमुख अतिथी किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले साँस्कृतिक जागरणलाई राजनैतिक चेतनामा बिकास गर्न सके प्रदेशको नाम कोशी खारेज गरेर किरात प्रदेश बनाउन सक्ने बताउनु भएको छ।
अध्यक्ष राईले आज किरात राई समुदायमा जसरी साँस्कृतिक जागरण भएको छ त्यसै गरि राजनैतिक विकास गरेर किरात राई समुदाय रुपान्तरण हुन जरुरी रहेको बताए। उभौलीमा किरात राई समुदायहरु गैरकिरातहरु देश बिदेशबाट धरानलाई केन्द्र बिन्दु बनाएर साकेला मनाई रहेका बताउदै विश्वमै नम्बर एक विशाल पारुहाङ्ग सुम्नीहाङ्गको प्रतिमा धरान -२० को चिण्डेडाँडामा निर्माण भैरहेको सन्देश प्रवाह बिश्वसामु भैरहेको बताउनु भयो।
राईले किरात राई समुदायको दुईवटा कार्यभार तत्कालको लागि रहेको कोशी प्रदेशको नाम खारेज गरेर किरात प्रदेश नामकङन गर्नु पर्ने र धरान -२० मा रहेको चिण्डेडाँडामा विशाल पारुहाङ्ग र सुम्नीहाङ्गको प्रतिमा निर्माण सम्पन्न गर्नु पर्ने बताउनु भयो।
किराया धरान -१५ नम्बर वडा कार्यसमितीको अध्यक्ष डाकमान राईको अध्यक्षतामा कार्यक्रम भएको थियो। साकेला नाच प्रदर्शन तथा येले सम्बद ५०८४ बर्षको उपलक्ष्यमा सहभागीहरुलाई धन्यावाद दिदै बर्खा लागे संगै खेती गर्ने समय सुरु भएकोले बीउ राख्ने तुलफुल रोप्ने बेला भएको स्मरण गर्दै किरात राई समुदायले उभौली मनाउदै आएको अध्यक्ष राईले बताउनु भयो।
उक्त कार्यक्रममा साकेला नाच प्रदर्शनका लागि धरान- ५/६ वडा किराया वाड कार्यसमिती, धरान- ८ किराया वाड कार्यसमिती, धरान १७ किराया वाड कार्यसमिती, धरान – १६ किराया वाड कार्यसमिती, धरान-११ किराया वाड कार्यसमिती, धरान- १३ किराया वाड कार्यसमिती, धरान – ९/१० किराया वाड कार्यसमिती, धरान -१९ किराया वाड कार्यसमिती र भोजपुर वान्तवा राई साकेन्वा लाम्छाम संरक्षण समितीका कलकारहरुले साकेला नाच प्रदर्शन गरेका थिए।
कार्यक्रममा सहयोगी दाताहरुलाई आयोजक संस्थाको तर्फबाट सम्मान गरेका थिए। साकेला नाच साथै किराँती संस्कारमा प्रयोग हुने सामाग्रीहरुको प्रदर्शन गरिएको थियो।
अतिथीहरु किराया धरान नगर कार्यसमितीको अध्यक्ष लोकेन्द्र राई, धरान -१५ नम्बर वडा अध्यक्ष नरेश कुमार इवाराम, संस्थाका सल्लकार सबिधानसभा सदस्य किरण कुमार राई लगायतको उपस्थीती रहेको थियो। कार्यक्रमको संन्चालन संस्थाका सचिव प्रेम कुमार राईले गर्नु भएको थियो।