खेलकुद

सुनाखरी एकेडेमिले एन्फा एकेडमी धरानका १३ बर्ष मुनिका खेलाडीलाई गर्यो सम्मान

धरान: धरान-१२ स्थित सुनाखरी एकेडेमीले धरान-१७ स्थित एन्फा एकेडेमीका १३ बर्ष मुनिका ३० जना खेलाडीहरुलाई आईतवार सम्मान गरेको छ।

  एन्फामा आवासिय रुपमा बसेर फुटबलको प्रशिक्षण लिदै आएका खेलाडिहरुलाई सुनाखरीले एक कार्यक्रमको  आयोजना गरि सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ(एन्फा) कोशी प्रदेस एबम एन्फा धरान सन्चालक समितीका अध्यक्ष किशोर राई थिए। सुनाखरीका प्रीन्सिपल मिलन कुमार राई, निर्देसक प्रदिप राई लगायतले खेलाडीहरुलाई अबिर र खदा लगाएर सम्मान गरे।

एन्फाका १३ बर्ष मुनिका ३० जना खेलाडिहरु सुनाखरीमा पढ्ने प्रीन्सिपल राईले बताए। बिगत ३५ बर्ष देखिको लामो इतिहास बोकि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सुनाखरीमा एन्फाका खेलाडी बिद्यार्थीहरुलाई पढाउने अवसर पाउँदा खुशी लागेको प्रीन्सिपल राईले बताए।
यसैबिच कार्यक्रममा धरान खेलकुद मन्चद्वारा बर्षको उत्कृष्ट कराते प्रशिक्षक घोषणा गरिएका किरण लामा र लाईफ टाईम अचिभमेन्टको उपाधी पाएका टेबलटेनिस कोच गीता थापालाई पनि सम्मान गरिएको छ।

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी किशोर राई, स्कुलका प्रीन्सिपल मिलन राई लगायतले अबिर र खदाले सम्मान गरे।

कार्यक्रममा मोरङ केराबारी गाउपालिकाका पुर्ब अध्यक्ष रोहित कार्की, एन्फा धरान आबद्ध ब्यक्तित्वहरु, खेलाडीका अभिभावकरु लगायतको उपस्थिती थियो। प्रमुख अतिथी, अतिथी लगायत खेलाडीहरुलाई सुनाखरीमा रहेको स्काउटको बिशेष टुकडीले सलामी गादत दिएको थियो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक