मनोरञ्जन समाचार

बिद्या भूषण स्कुलका बिद्यार्थीले हेरे सन्देसमुलक लघु चलचित्र आमा

धरान,२५ बैशाख : धरान-८ स्थित बिद्या भूषण स्कुलका बिद्यार्थीहरुले मङ्गलबार सन्देसमुलक लघु चलचित्र “आमा” हेरेका छन।

   बुधबार आमाको मुख हेर्ने दिनको पुर्ब सन्ध्यामा आमाको महत्व दर्साउन स्कुलका बिद्यार्थीहरुलाई देखाईएको स्कुलका निर्देसक एबम चलचित्र  लेखक/निर्देसक पुर्ण चन्द्र ढकालले बताउनु भयो। चलचित्रमा सहायक निर्देसक अनिस राई रहेका छन। स्कुलकै छात्रा सुम्निमा लिम्बु आमाको भुमिकामा छिन भने छात्र प्रचन तामाङ छोराको भुमिकामा छन।

 स्कुलले निर्माण गरेको आठ मिनेटको चलचित्रमा छोराको भुमिकामा रहेका प्रचनले आमाले भनेको नमान्ने र चित्त दुखाउने गरेका छन। आमाको भुमिकामा रहेकी सुम्निमाले बुबा छिट्टै बित्नु भएकोले आफुले दु:ख गरेर हुर्काएको बताए पछि छोरा प्रचनले आमालाइ अब देखि दु:ख नदिने र माया गर्ने बताउछन। चलचित्रमा ह्यापी मदर्स डे भनेर  फेसबुकमा पोष्ट  गर्ने र बास्तबिकतामा आमालाई हेरचाह नगर्ने प्रबृत्ती बढ्दै गएकाले आमालाई बास्तबिकतामा नै हेरबिचार र माया गर्नुपर्छ भन्ने पनि सन्देस दिइएको छ। चलचित्र हेरिसकेपछी छात्रा रोजि तुम्बापोले आमालाई दु:ख दिनु हुदैन, माया गर्नु पर्छ भन्ने ज्ञान पाएको प्रतिक्रिया दिइन।

  स्कुलका प्रीन्सिपल नुकेस काफ्लेले आमाको मुख हेर्ने दिनमा मात्र नभएर आमालाई सधै माया र सम्मान गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भयो। चलचित्र हेरिसके पछि प्रायजसो बिद्यार्थीहरु आमालाई सम्झेर भावुक बनेका थिए।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता