मनोरञ्जन समाचार

एस.ई.ई.आईडलको पहिलो अडिसनबाट ९५ जना छनौट, विद्यार्थीको आकर्षण बढ्दो

  धरान, ११ बैशाख: फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय  एस.ई.ई.आईडलको पहिलो अडिसनबाट ९५ जना छनोट भएका छन।

  धरान-१६ स्थित यु.एन. सेमिनार हलमा  शनिबार भएको पहिलो चरणको अडिसनबाट गायन र नृत्यमा गरि ९५ जना सहभागीहरु दोश्रो चरणमा प्रबेस गरेका हुन।
 सहभागिहरुलाई डिजिटल र फिजिकल(प्रत्यक्ष उपस्थित भएर) गरि दुई प्रकारले अडिसन लिईएको थियो। फिजिकल र डिजिटल गरि २ सय ५० जना बिद्यार्थीहरु  सहभागी   भएको कार्यक्रम निर्देसक राम लिम्बुले जानकारी दिनुभयो। 

  धरान र धरान आसपासका सहभागिहरुलाई फिजिकल र त्यस बाहेकका टाढाका सहभागिहरुलाई डिजिटल माध्यमबाट अडिसन लिइएको प्रा.लि. का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो। डिजिटल अडिसनका लागि बैशाख -१५ गतेसम्मको समयावधि दिइएको छ। टाढा टाढाका सहभागिहरुलाई पहिलो अडिसनमा दु:ख नहोस भनेर डिजिटल अडिसनको ब्यबस्था गरिएको र दोश्रो चरणदेखी भने फिजिकल अडिसन नै दिनु पर्ने अध्यक्ष तुम्बापोले जानकारी दिनु भयो।

    पहिलो अडिसनको गायन तर्फको निर्णायकमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू र नृत्य प्रशिक्षक/गायक बिनायक राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकमा वरिष्ठ  नृत्य प्रशिक्षक मनि राई र एस.ई.ई.डान्सिङ स्टार सिजन-१ कि बिजेता नुमा लिम्बू थिए।शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एस.ई.ई.आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्की बताउनु हुन्छ।

आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको आयोजकले जनाएको छ।
दोश्रो चरणको प्रतियोगिता आगामी बैशाख -१९ गते बुधबार हुने कार्यक्रम निर्देसक राम लिम्बुले जानकारी दिनु भयो।

एस.ई.ई.आईडलमा बिद्यार्थीको आकर्षण बढ्दो

२०७५ सालबाट सुरुवात भएको एस.ई.ई.आईडल कोरोना महामारीका कारण ०७६ र ०७७ मा स्थगित भएको थियो। २०७८ बाट पुन:सुचारु भएको एस.ई.ई.आईडल २०८१ सम्म आईपुग्दा बिद्यार्थीहरुको आकर्षण बढ्दै गएको पाईन्छ।

    समय अभावका कारण प्रचार प्रसार गर्न छुटेका कतिपय  ठाउँ र बिद्यालयबाट स्वत:स्फुर्त रुपमा बिद्यार्थीहरुले सहभागिता जनाउनु  नै यसमा आकर्षण बढ्दै गएको इभेन्ट म्यानेजर तिर्थ कार्कीको जिकिर रहेको छ।

 एस.ई.ई.आईडलका एक सहभागी पासाङ तामाङले भने-"हाम्रो स्कुलमा जानकारी दिन कोही आउनु भएन तर मलाई पहिले नै थाहा थियो। त्यसैले डान्समा भाग लिए"।अर्का सहभागी जुफा सुनुवारको बुझाई पनि त्यही छ।"मलाइ त यो आईडल हुने कुरा गत साल नै थाहा थियो , हाम्रो स्कुलमा पनि यसबारे जानकारी दिन कोही आउनु भएन तर पनि म गायनमा  भाग लिन आए"-जुफाले भने।

एस.ई.ई.आईडलले धेरै माईलेज लिइसकेको प्रा.लि.का अध्यक्ष तुम्बापो बताउनु हुन्छ। समय अभावका कारण प्रचार प्रसार गर्न जान छुटेका ठाउहरुबाट फोन गरेर सहभागिहरु आउनु नै यस आईडलमा एस.ई.ई.दिएर बसेका बिद्यार्थीहर्को आकर्षण बढ्दै गएको अध्यक्ष तुम्बापोको दावी छ।

बिगतका भन्दा अब्बल प्रतिष्पर्धी

बिगतका संस्करणको भन्दा यो पटक अझ अब्बल प्रतिष्पर्धीहरु रहेको निर्णायकहरु बताउनु हुन्छ। गत सालको पहिलो अडिसनमा गायनमा उत्कृष्ट लाग्ने ६/७ जना हुन्थे भने यो पटक १५/१६ जना उत्कृष्ट गाउने प्रतिष्पर्धीहरु रहेको निर्णायक बिकास तुम्बापो लिम्बू बराउनु हुन्छ।

बिगतको बर्षहरुमा भन्दा यो बर्ष अझ बढी निखारिएका प्रतिष्पर्धीहरु भाग लिन आएको गायनतर्फका अर्का निर्णायक बिनायक राई बताउनु हुन्छ।

कक्षा-१० को बार्षिक परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुले सोचे भन्दा राम्रो प्रस्तुती दिएको नृत्यतर्फका निर्णायक मनि राईले बताउनु भयो। बिगतका प्रतिष्पर्धी भन्दा यो पटक अझ राम्रा प्रतिष्पर्धी आएको नृत्यका अर्का निर्णायक नुमा लिम्बू बताउनु हुन्छ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता