राजनिती

इलाम २ का जनताको न्युनतम आवश्यकता पुरा नभएको गुनासो छ – डम्बर खडका

इलाम: इलामका बिभिन्न वडाका बासिन्दाले अझै पनि सडक, स्वास्थ्य र शिक्षा मागिरहेको इलाम क्षेत्र नम्बर दुई उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्धार डम्बर खडकाले बताएका छन् ।

इलाम नगरपालिका वडा नम्बर – ३ मा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले वर्षौँ सम्म एउटै उम्मेद्धारले जितेर गए पनि विकास नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेको बताएका हुन् । अझै पनि जनताले न्यूनतम आवश्यकता पुरा गर्न नसकिरहेकाले समस्यामा रहेको उनको भनाई छ ।

पूर्व जिल्ला सभापति केशव थापाले नेपाली काँग्रेसले इलाम क्षेत्र नम्बर दुईमा डम्बर खड्कालाई साझा उम्मेदवार बनाएकाले सबै मिलेर जिताउनु पर्ने बताए । उनले यस अघि जे भए पनि नेपाली काँग्रेस इलाम एक ढिका भएर पार्टीले उठाएका उम्मेदवार जिताउन लाग्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा महासमिति सदस्य भेषराज आचार्यले गाउँ गाउँ गएर खट्ने पार्टीका नेतालाई धन्यवाद दिँदै अझै गाउँमा नेपाली काँग्रेसका उम्मेद्धारलाई मत माग्न आग्रह गरे । उनले अब काँग्रेस एक ढिक्का भएर इलाम क्षेत्र नम्बर दुईबाट डम्बर खड्कालाई जिताउनु पर्ने धारणा राखे ।
कार्यक्रममा पार्टी जिल्ला कार्यवाहक सभापति खगेन्द्र देवानले पहिले बाबुलाई जिताएको, अहिले छोरालाई जिताउनु पर्ने गर्दै जाँदा अब नातिलाई जिताउने दिन आउने भन्दै यस क्षेत्रका जनता सचेत हुनु पर्ने धारणा राखे ।

नेपाली काँग्रेस इलामले इलाम नगरपालिका एक नम्बर नेपालटार पछि पुवा मझुवामा चुनावी सभा राखेको थियो । कार्यक्रममा स्थानीय सयौँको सङ्ख्यामा स्थानीय भेला भएका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३