
धरान,३ बैशाख : धरान-१९ स्थित जेम सेकेण्डरी स्कुलको अभिभावक दिवस तथा पुरस्कार बितरण सोमवार सम्पन्न भएको छ।
स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा धरान उप-महानगरपालिका वडा नम्बर १८ का वडा सदस्य एबम महिला तथा बालबालिका संयोजक जमुना त्रिखत्री प्रमुख अतिथि थिईन।
बार्षिक परीक्षामा पहिलो,दोश्रो र तेश्रो हुने प्ले ग्रुपदेखी कक्षा-९ सम्मका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि त्रिखत्री, स्कुलका प्रीन्सिपल हरिहर कोईराला, भाईस प्रीन्सिपल ज्योति राई, स्कुलका संचालक सदस्य राजेन्द्र खड्का लगायतले पुरस्कृत बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र बितरण गरे।
स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउदै आउने दिनमा अझ प्रगती गर्दै जान प्रमुख अतिथि त्रिखत्रीले शुभकामना दिइन।


कार्यक्रममा धरान मोडल कलेजका प्रमुख एबम स्कुलका संचालक सदस्य प्रबिन राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्की लगायतको उपस्तिथि थियो।
स्कुलका प्रीन्सिपल कोईरालाले आगामी दिनमा पढाईको गुणस्तरमा अझ सुधार गर्दै लाने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरि अभिभावकलाई मनोरञ्जन दिलाए।कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुर्य राईको अध्यक्षतामा भएको थियो।
