धरान विशेष

धरानबाट २ हजार ९६४ जनाबिद्मार्थीले दिँदैछन् एसइई

धरानमा एसइई परीक्षा २ हजार ९६४ जना बिद्मार्थीले दिइरहेका छन् । चैत्र १५ देखि २७ गते सम्म एसइई नेपाल भर एकसाथ सञ्चालन भएको हो । एसइई परीक्षाका लागि धरान उपमहानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय गरी जम्मा २९६४ परीक्षार्थीहरू सामेल छन ।

त्यस मध्ये नियमित तर्फ २९१५ जना छन् । ग्रेड वृत्ति तर्फ ४९ जना परीक्षार्थी सामेल छन् । धरानका एसइई परिक्षार्थीहरुका लागि १० वटा परीक्षा केन्द्रमा तोकिएको धरान उपमहानगरपालिका नगर शिक्षा अधिकारी गणेश प्रसाद खतिवडाले बताए ।

विगतका एसइई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधान थियो । यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउने पर्ने व्यवस्था रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार एसइई परीक्षामा सहभागी सामुदायिक विद्यालय १८, धार्मिक विद्यालय १ र विशेष विद्यालय १ वटा गरी जम्मा २० वटा विद्यालय छन् । संस्थागत ५९ वटा विद्यालय छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।