धरान रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाच पटकको सर्बाधिक बिजेता बिभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्द ३ गोलले पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रबेश गरेको हो ।
खेलको ७० औ, ८० औ र दोस्रो हाफको इन्ज्युरी समयमा मोरङ्ले तीन गोल गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो। खेलको पहिलो हाफ गोलरहित खेलेपनी ७० औ मिनेटमा मोरङका लागि महेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । ८० औ मिनेटमा मोरङले पाएको पेनाल्टिलाई उमेश कार्कीले गोल गरेका थिए । पुलिसका सन्जिब लामाले मोरङका मौसम लिम्बुलाई पेनाल्टी एरियामा लडाएपछी मोरङ्ले पेनाल्टीको अबसर पाएको थियो, दोस्रो हाफको इन्जुरी समयमा मोरङका सुशिल राईले गोल गर्दै मोरङ्ले पुलिस बिरुद्द फराकीलो जित निकाल्यो ।
निक्कै आक्रमक प्रस्तुत भएको पुलिस दोस्रो हाफको इन्ज्युरी समयमा १० जनामा सिमित भएको थियो । पुलिसका हेमन्त श्रेष्ठले मोरङका खेलाडीसँग झगडा गरेपछी रेड कार्ड पाउदै खेलबाट बाहिरिएका थिए । मोरङ्ले अब आयोजक धरान फुटबल क्लबसँग फाइनलको लागि प्रतिस्पर्धा गर्ने छ् । खेलको म्यानअफ दि म्याच मोरङका उमेश कार्की घोषित हुँदै नगद १० हजार पाए ।
भोली मंगलबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन चर्च बोइज युनाइटेड र काकरभिटा फुटबल ट्रेनिङ सेन्टर झापा बिच हुने आयोजकले जनाएको छ । चैत्र ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।