स्वास्थ्य/जिवनशैली

पत्रकारलाई धम्की दिने डा.रोशन कलवारलाई पत्रकार महासंघद्वारा कार्बाहिको माग

समाचार लेखकै कारण प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर डाक्टर रोशन कलवारले कपुरी न्यूजकी पत्रकार रश्मि प्रधान र ब्लाष्ट दैनिकका सम्वाददाता खिलानाथ विश्वकर्मालाई सामाजिक सञ्जाल मार्फत दिएको धम्कीको विरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई सहितको टोलीले कारबाहीको माग गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर डा.रोशन कलवारले उनको फेसबुक मार्फत पत्रकारलाई दिएको भौतिक आक्रमण गर्ने आशयको धम्की, गालीगलौजको कानुनी सुनवाइ गर्न महासङ्घले कार्बाहिको माग गरेको छ।

प्रकाशित, प्रसारित समाचारमा चित्त नबुझे उजुरी गर्ने निकाय, कानुनी प्रक्रिया हुँदाहुँदै पत्रकार, सञ्चारकर्मीलाई भौतिक आक्रमण गर्ने आशयको धम्की, गालीगलौज गर्ने कार्यलाई निरुत्साहित गर्न पत्रकार महासङ्घ वक्तव्यमा मात्र सिमीत नरहने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

लिखित रूपमा कारबाहीको माग कलवार कार्यरत वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरे, इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी नवराज मल्लसँग गरिएको हो ।

पत्रकार, सञ्चारकर्मीको टोली इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरान पुगेर धम्की दिने मानिस पक्राउ गरी कानुन अनुसार आवश्यक कारबाही शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन निवेदन पत्र बुझाएको छ ।

टोलीले वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र काकीले ध्यानाकर्षण पत्र बुझाउँदै डा. कलवारलाई ऐन, नियममा भएको व्यवस्था बमोजिम कारबाही गर्न माग गरेको छ ।

पत्रकारको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उपकुलपति डा. गिरिले कारबाहीको प्रक्रिया सुरु भएको बताउँदै भने ‘कार्यकारिणी समितिको बैठक राखेर डाक्टर कलवारलाई आवश्यक कारबाहीको प्रक्रिया सुरु गरेको छु ।’

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका