खेलकुद

त्रिभुवन आर्मीलाई २-१ अन्तरले पराजित गर्दै एनआरटी सेमिफाइनलमा

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा धरान रङ्गशालामा आइतबार भएको दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिफाइनलमा प्रवेश गरेको छ।

विजयी टिम एनआरटीका लागि शिशिर लेखी र अफिज ओलावालेले १–१ गोल गरे । लेखीले खेलको १४ औँ मिनेटमा र ओलावालेले ६० औँ मिनेटमा गोल गरेका हुन ।

आर्मीका लागी मानबहादुर आले मगरले १ गोल गरे । उनले खेलको ५ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजयी टिम एनआरटीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार पाए ।

सोमबारको तेस्रो क्वाटर फाइनल खेल अर्को विभागीय टिम नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घ बिच हुने आयोजकले जनाएको छ।

यसअघि हिजो शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली भारतको यूकेएफसीलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपालका ७ र एक भारतीय सहित ८ टिमको सहभागिता रहेको गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक