मनोरञ्जन समाचार

धरान एक्स्पो: आज पूर्ण राईको प्रस्तुति रहने

पछिल्लो समय निकै रुचाइएको साङ्गीतिक समूह ‘पूर्ण राई एण्ड दाजु भाइ’ले धरान एक्स्पोको एघारौँ दिन अर्थात् फागुन २१ गते प्रस्तुति दिने भएका छन् ।

सन् २०१९ मा पहिलो गीत ‘म’ सार्वजनिक गर्दै पूर्ण राईले आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए । नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै उचाइ हाँसिल गर्न सफल भएका पूर्ण राईका ‘कालो सेतो’, ‘ध्रुव तारा’, ‘मनका कुरा’ लगायतका गीत चर्चित छन् ।

‘पूर्ण राई एण्ड दाजु भाइ’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

पूर्ण राईलाई स्थानीय कलाकार र समूहले साथ दिने संयोजक श्रेष्ठले बताए । एक्स्पो २३ गते बुधवार सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता