स्वास्थ्य/जिवनशैली

वैदेशिक रोजगारमा जानेको ‘फेक मेडिकल रिपोर्ट’, स्वास्थ्य परिक्षण नै नगरी रिपोर्ट दिन्छन

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था (मेडिकल) हरूमा स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट तयार गर्ने गरेको पाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको अनुगमनको क्रममा स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीविनै कतिपय मेडिकलले बाटोमा हिँडिरहेका व्यक्तिलाई प्राविधिक बनाएर मेडिकल रिपोर्टमा हस्ताक्षर गराउने। मान्यता प्राप्तमध्ये करिब आधा संस्था मेडिकलका लागि अयोग्य भेटिएका हुन् । मन्त्रालयले कामदारको स्वास्थ्यमाथि गम्भीर लापरवाही भएको बताएको छ।

मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाहरूले कामदारको स्वास्थ्य परिक्षणविना नै मेडिकल रिपोर्ट तयार गरेको अनुगमनका क्रममा भेटिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अनुगमनका क्रममा धेरै लापरवाही भेटिएको बताएका छन ।

नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ । गन्तव्य मुलुकमा पुगेपछि मेडिकल ‘अनफिट’ भए नेपालनै फर्कनु पर्ने भएकोले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाको लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ । मन्त्रालयमा २१५ वटा स्वास्थ्य संस्था वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनले दर्ता भएका छन् ।

जसमध्ये ३ वटाले नवीकरण गरेका छैनन् । बाँकी रहेका २१२ वटा स्वास्थ्य संस्थाको मन्त्रालयले अनुगमन गरेको थियो । जसमध्ये १४५ वटा मेडिकलको मात्र मापदण्ड पुगेको मन्त्रालयले जनाएको छ । सूचीकृतमध्येका ६७ वटा संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ ।

पुनः अनुगमनको निवेदन पेश नगरेका र निवेदन दिएर पनि मापदण्ड नपुगेका संस्थाहरूको नवीकरण र सूचीकरण खारेज गर्नसमेत अनुगमन समितिले मन्त्रालयमा प्रतिवेदन दिएको छ ।

अनुगमनका क्रममा यस्तोसम्म भेटिएको छ कि, बाटोमा हिँडिरहेका व्यक्तिलाई प्राविधिक बनाएर रिपोर्टमा सही गराउँनेदेखि मेडिकलसम्बन्धी औजार राख्ने रेफ्रिजेनेटरमा कोक र फेन्टाजस्ता पेय पदार्थ राखिएको पाइएको छ । त्यस्ता मेडिकलमा स्वास्थ्य परीक्षणसम्बन्धी कुनै उपकरणसमेत पाइएनन् ।

वैदेशिक रोजगार विभागमा रिपोर्ट प्रवेश नगरिएको, मिलाएर रिपोर्ट तयार गर्ने जवाफ दिइएको, बाटोमा भेटिएको मान्छेलाई प्राविधिक बनाएको, कतिपय संस्था कहाँ छन् भनेर खोज्दासमेत समस्या रहेको, मेडिकल टेस्ट एउटाको तर विभागको अर्को व्यक्तिको रिपोर्ट दाखिला गरिएको समेत भेटिएको प्रतिवेदनमा छ ।

अधिकांश मेडिकलमा मेसिन औजारको नाममा कम्प्युटर र प्रिन्टरमात्र चालू अवस्थामा रहेको, २० औ वर्षदेखि सर्टिफिकेट जारी भएता पनि तोकिएको मापदण्ड पूरा नभएको, धेरै संस्थामा डक्टरको उपस्थितिविना रिपोर्ट तयार गरिएको अनुगमनका क्रममा फेला परेको छ ।

त्यस्तै रेफ्रिजेरेटरमा किटको प्याकेट नखोली राखिएको, सिरिन्ज प्रयोग गरेर डिस्पोज नगरिएको, स्वास्थ्य परीक्षण सम्बन्धी २०७२ को मापदण्ड समेत पूरा नभएको, १०० एमए को एक्सरे मेसिन भएता पनि सञ्चालनमा नरहेको अनुगमनमा भेटिएको छ ।

उदाहरणका लागि काठमाडौंको धुम्बाराहीस्थित कुण्डलिनी डाईग्नोष्टिक सेन्टरको त आफ्नो ल्याबसमेत नभएको पाइएको छ । अधिकांश मेडिकलले म्यानपावर कम्पनीलाई कमिसन बुझाउनु परेकोले मापदण्डबमोजिम काम गर्न कठिनाई भएको भनेर जवाफ दिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम गत भदौ १२ गतेदेखि मन्त्रालयले टोली गठन गरेर अनुगमन थालेको थियो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट अनुगमन तथा निरीक्षण टोलीले काठमाडौ उपत्यकाभित्र र उपत्यकाबाहिर रहेको स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गरेको थियो । अनुगमनपछि मापदण्ड पूरा नगरेका ६७ वटालाई विभागमा रिपोर्ट दाखिल गर्न बन्द गरिएको छ । उनीहरूलाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय प्रदान गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत भै स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाहरूको लापरवाही र बदमासीका कारण गन्तब्य मुलुकले आफनै मुलुकको मापदण्डअनुसार स्वास्थ्य संस्थाहरू छनौट गर्न थालेका छन् । यसमध्ये मलेसियाले धेरै अघि देखि यस्तो अभ्यास सुरू गरेको छ ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका