धरान विशेष

कोशीको पानी आएर एयरपोर्ट बने पछि मात्र राष्ट्रपती र प्रधानमन्त्रीको फोटो राख्ने- हर्क साम्पाङ

धरान १०-के रन ले धरानमा आयोजना गरेको १२ औँ संस्करणको दौड पतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै धरानका मेयर हर्क साम्पाङले केन्द्र सरकारले धरानमा कोशीको पानी ल्याएर एयरपोर्ट जुन दिन बनाई दिन्छ त्यो दिन मात्र राष्ट्रपती र प्रधानमन्त्रीको फोटो आफ्नो कार्यकक्षमा राख्ने उद्मघोष गरे।

मेयर साम्पाङले कार्यपालिका बैठकमा भएको विबादलाई लक्षित गर्दै आफुले मेयरमा विजय भएको ३ दिन देखि ढुङगा बोकेर कमाएको धरानको इज्जत टेबल ठोकेर बदनाम गर्न खोजेको आरोप समेत लगाएका थिए।

साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीलाई हिजो धरान आएर कुरा चबाएर मात्र गएको भन्दै, किराँती कुलको म जस्तै भएकोले खरो रुपमा प्रस्तुत भएर धरानमा एयरपोर्ट बनाउन लाग्नुस भन्दै खुकुरीको धारमा हिडेर काम गर्नु पर्ने भएकोले नडराउन सुझाव दिदै जसरी पनि धरानमा एयरपोर्ट बनाएरै छाड्ने उद्मघोष गरे। आक्रोसित हुँदै साम्पाङले हिउदमा हुसु बर्खामा डुवान हुने बिराटनगरमा भन्दा हुसु पनि नलाग्ने डुबान पनि नहुने धरानमा एयरपोर्ट उपयुक्त छ विराटनगरमा पनि ठूलो ठाउँ भएकोले राम्रै हो तर सानो ठाउँ भनेर धरानमा नबनाउनु भन्न मिल्छ ? एक, दुई, तीन धरानमा एयरपोर्ट बन्ने छ भन्दै ठोकुवा गरे।

कोकाखोला बाट ४२ किलो मिटर पाईप बिछाएर पानी धरानमा ल्याउदा विश्वले सम्मान गर्‍यो तर केन्द्र सरकारले नदेखे झै बसेको भन्दै साम्पाङले कोशीको पानी र एयरपोर्ट आफुलाई नचाहिएको म त हिड्दै काठमाडौ पनि पुग्छु, चाहिएको खासमा धराने जनतालाई हो भन्दै तपाईहरुलाई पानी र एयरपोर्ट चाहिएको छकी छैन भन्दै उपस्थीत जनतालाई सोधे।

धरानमा रहेको क्षेत्रीय अन्चल प्रदेस स्तरका सरकारी कार्यलयहरु अन्तै सर्ने क्रम जारी छ। उपमाहानगरपालिकाले आन्तरिक आम्दानी बाट नगरको आन्तारिक खर्च धान्न नै गाह्रो छ। केन्द्र सरकारबाट ठुला योजना बजेट नहुदा धरान मृत शहर बन्दै छ भन्ने सवालमा साम्पाङले टिपणी गर्दै श्रम संस्कृतिको सुरुवात गरेर ढुङगा बोकेर धरानलाई विश्व सामु चिनाएको छु इलाम हिडेको पर्यटक एउटा फोटो खिच्न इटहरी बाट मोडिएर धरान आउँछ, धरान मृत हैन जिउदो शहर भएको भन्दै जिक्री गरे।

मेयर साम्पाङले धरान २० चिण्डे डाँडामा बन्न लागेको सुम्निमा र पारुहाङ्गको प्रतिमा निर्माणमा साथ सहयोग भइरहेको छ अजै धेरै आर्थिक र श्रमदान मार्फत सहयोग गर्न आग्रह समेत गरेका छन।

उक्त कार्यक्रम धरान १०-के रनका अध्यक्ष रामु राईले गरेका थिए। धरान नगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघा, निबर्तमान मेयर तिलक राई, नेपाली काँग्रेस कोशी प्रदेश माहामन्त्री उमेश थापा, वडा न १८ का वडा अध्यक्ष नरेन्द्र राई, २ का वडा अध्यक्ष रमेश राई १३ का वडा अध्यक्ष नेत्र काफ्ले, गोर्खा वारियर चलचित्रका निर्देशक मिलन चाम्स, पुर्ब मिस नेपाल माल्विका सुभा, गायक राजु लामा, मोडल निती शाह र दार्जिलिङका प्रीमेस भुटिया लगाएतको उपस्थीती रेहेको थियो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।