कोले न्युज: धरान रनद्वारा आयोजीत धरान १०-के रन नेवा च्यारिटि दौड प्रतियोगिता फागुन १२ गते शनिवार हुँदै छ ।
आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामु राईले जानकारी दिदै “दौडमा धरान उपमहानगरपालिकाका मेयर, उपमेयर सहित २० वटै वडा अध्यक्ष सहित २२ जनप्रतिनिधिहरूले नाम दर्ता गराएका छन्, दौडमा “गोर्खा वारियर” का नायक रितेस चाम्स राई, मोडेल नीति साह सहित चलचित्रका निर्देशक मिलन चाम्स, गोर्खा ब्रीग्रेड ब्यान्ड सहित टिम नै सहभागी हुने र दौडमा ३ हजार ६ सय धावक धाविकाहरू सहभागी हुने उनले बताए ।
दौडमा व्हिल चेयर रेस पनि हुनेछ । सबै धावक धाविकालाई दौडको सही समय मापन गर्न जुत्ताको लेसमा चिप टाइमिङ सिस्टम प्रयोग गरिने छ । उनका अनुसार चिप सिस्टममा प्रत्येक धावक, धाविकामा लगाइन्छ र यसले धावकले कति समयमा कति दुरी पुरा गरेको हो त्यसको सही मापन देखाउने छ ।
जनताले चुनेका जनप्रतिनिधिहरू पनि स्वास्थ्य रहनु पर्छ भनी सन्देश दिन जनप्रतिनिधिहरूको छुट्टै प्रतिस्पर्धा गराइने र विजेता जनप्रतिनिधिको वडालाई १२औ नेवा च्यारिटि रन च्याम्पियन रनिङ शिल्ड प्रदान गरिने छ अन्य प्रतियोगीहरु संगै सहभागी भए पनि जनप्रतिनिधीहरुको छुटै नतिजाबाट छनौट हुने धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले जनकारी दिएका छन।
यसपालिको खुल्ला दौडमा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुने बताइएको छ । प्रतियोगीताका विजेताले खुला तर्फ महिला र पुरुषले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
१२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।
६० वर्ष माथिका सुपर भेट्रानका विजेता महिला पुरुषले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । धरान रनमा गत वर्ष ३ हजार ५ जना धावक, धाविकाहरूले सहभागी थिए ।
धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ किमी दौड गराउँदै आएको छ ।