कोले न्युज: जेष्ठ नागरिक मिलन केन्द्र तथा उद्यमी महिला सीप विकास केन्द्रका लागि धरान १५ न.वडाले भवन
उपलब्ध गराएको छ ।
वडा कार्यलय अगाडि रहेको भवनलाई मर्मत सम्भार गरि वडा कार्यालयले दुवै संस्थालाई उपलब्ध गराएको हो ।
वडा १५ का अध्यक्ष नरेश इवारमले हातेमालो समुहकी अध्यक्ष लिला ढकाललाई भवनको चाबी हस्तान्तरण गरेका थिए । वडाले आवश्यक दराज र कुर्सी समेत उपलब्ध गराएको छ।
सिलाई कटाईका लागि चाहिने १० वटा सिलाई मेशिन, कुर्सी, टेवलहरु पनि उपलब्ध गराएको छ । वडा १५ को हातेमालो समुहको सक्रियतामा धेरै प्रशिक्षक उत्पादन गरेको र २३ वटा महिला उद्यमी समूह निर्माण गरेर आयमुलक तालिमहरु दिईरहेको अध्यक्ष ईवारमले बताए।
वडाले जेष्ठ नागरिकका लागि खेल्ने क्यारेमबोर्ड ,बजाउने मादल र एक थान दराज पनि उपलब्ध गराएको छ । अध्यक्ष इवारमले भवनको चाबी जेष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष आनन्द कुमारी धमाललाई हस्तान्तरण गरेका थिए । उक्त भवनमा ज्येष्ठ नागरिकलाई समय कटाउन, आफ्ना ज्ञान र सीप पुस्तान्तरण गर्ने उद्देश्यले पनि ठाउँ उपलब्ध गराएको वडाअध्यक्ष इवारमले बताए ।
दुवै फरक संस्थालाई फरक उद्देश्यका लागि चाबी हस्तान्तरण गरेता पनि मिलेर समझदारीमा प्रयोग गर्न इवारमले अनुरोध गरे। खुल्ला व्यायमशाला, ब्याटमिन्टन कोर्ट निर्माण गर्ने योजना रहेको ईवारमले जानकारी गराएका छन।