कोले न्युज: मलाया युद्धको कथामा आधारित ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’ले बेलायतपछि रेड कार्पेट प्रिमियर शो धरानमा गरेको छ । लण्डनपछि दोस्रो पटक चलचित्रको धरानमा रेड कार्पेट शो भएको हो ।
चलचित्र हेरिसके पछि प्रतिकृया दिदै मुख्यमन्त्री कार्कीले, हाम्रो पुर्खाहरुको विरगती र विरताको कथा रहेछ “गोर्खा वारियर”, नेपालीको पहिचान र नेपाललाई चिनाउने अर्को नाम थपिएको छ “गोर्खा वारियर” हाम्रो कथा रहेको छ लाउरेहरुले रगत बगाएर लेखेको ईतिहासको कथा हो सबै नेपालीले आफ्नो कथा हेर्नू पर्ने बताए।
आज शनिवार प्रीमियर सो अगाडि भएको झांकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो। र्यालीमा निर्देशक मिलन चाम्स, मेयर हर्क साम्पाङ निर्माता सुमन राई, कलाकारहरु रितेश चाम्स, रेविका गुरुङ, रियर राई, विजय लामा लगायत सहभागि थिए। उक्त र्यालीमा साकेला नाच, च्यब्रुङ, पन्चेबाजा सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो।
धरानको छाताचोक देखि सुरु भएको र्याली सिंहदेवी चोक पुरानो बजार, भानुचोक, भोटेपुल हुँदै फ्रेन्डस सिनेमा हलमा पुगेको थियो। रेड कार्पेटमा र्यालीलाइ चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान र अन्य पदाधिकारीहरुले स्वागत गरेका थिए।
प्रीमियर सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, धरानका मेयर हर्क साम्पाङ, उपमेयर आईन्द्रबिक्रम बेघा, निर्देशक मिलन चाम्स,कलकार/ क्याप्टेन बिजय लामा पुर्व संघीय सासद जय कुमार राई, प्रदेश सासद रमेश बस्नेत, बिजय राई, नेपाली काँग्रेस कोशी प्रदेशका माहामन्त्री उमेश थापा, चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, निर्माता सुमन राई, कार्यकारी निर्माता ज्योतिराज राई, याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बो, अनाम नाट्य समूहका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरु र संन्चारकर्मीहरुको बाक्लो उपस्थीती रहेको थियो।
आफ्नो प्रतिकृया दिदै मेयर साम्पाङले फिलिम भित्र आफ्नो बाजे,बाउको अनुहार देखे म आफै छु जस्तो महसुस भयो दोस्रो विश्वयुद्वमा मलायको जगलमा भएको युद्वमा हाम्रै बाजे बाउले लडेको ईतिहास “गोर्खा वारियर” हो सबै नेपालीले हेर्नू पर्छ किनकी विश्वमा हामी बहादुर गोर्खाली भनेर कसरी चिनिउ।
प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको र ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको जानकारी दिदै, उक्त हलमा भोलिदेखि नै एड्भान्स बुकिङ खुल्ने निर्देशक चाम्सले बताए।
निर्माता राईले धरानको प्रतिक्रियाले आफूहरु थिएट्रिकल रिलिजका लागि झनै उत्साहित भएको बताए । फिल्म फागुन ११ गते देखी देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शन हुनेछ ।