धरान विशेष

अभिब्यक्ति स्वतन्त्रता माथी नाङगो हस्तक्षेप नगर्न मेयर हर्क साम्पाङलाई ९ दलको चेतवानी

कोले न्युज: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकबाट अरूलाई मनपरी उपशब्द प्रयोग गरी गालीगलौज गर्ने तर, ‘आफू अनुकूलको विचार व्यक्त नगर्नेहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको घट्नाप्रति आपत्ति जनाउँदै धरानका ९ वटा राजनीतिक दलहरूले आज बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका छन् ।

‘पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकै आधारमा पटक-पटक गरी धरानका आधा दर्जन भन्दा धेरै जनताहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएर ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको’ वक्तव्यमा उल्लेख छ ।

कानुन विपरीत कार्य भएको भए उसलाई कारबाही गर्ने सम्बन्धित निकाय छ । तर मेयर साम्पाङले आफू नै सबै थोक भएको भन्दै कर्मचारीप्रति गर्ने व्यवहारबाट अभिव्यक्ति स्वतन्त्रता तथा मानव अधिकार माथि नाङ्गो हस्तक्षेप भई सबैलाई लज्जित बनाएको, वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा मेयर हर्क साम्पाङले आफै जातीय, धार्मिक तथा सांस्कृतिक एकता खलल पुग्ने गरी दिदैं आएका अभिव्यक्तिले समेत हामी र हाम्रो समाजलाई विभाजित गर्न खोजको, आरोप लगाइएको छ ।

भनिएको छ ‘सदियौँ देखी जातीय, धार्मिक, सांस्कृतिक एकता कायम गरेर नमुना सहरको रूपमा स्थापित धरानमा मेयर सम्पाङले यसरी जातीय, धार्मिक तथा सांस्कृतिक एकतामाथि खलल पुर्याएको छ ।’

उनले आफू अनुकूल नभएका प्रश्नहरूको जवाफ दिन नसक्ने र प्रश्न गर्नेलाई सार्वजनिक बेइज्जत गर्ने, आफ्ना अगुवा पछुवा लगाएर धम्की दिने तथा अश्लील गाली गर्न लगाउने जस्ता घट्नाहरु भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ ।

जनताको प्रतिनिधिले आफ्ना काम, कर्तव्य र अधिकार राम्रोसँग अध्ययन गर्न र संविधानले ग्यारेन्टी गरेका विषयमा धावा नबोल्न समेत नगर प्रमुख हर्क साम्पाङलाई सचेत गराउन चाहन्छौँ भनी वक्तव्यमा चेतावनी दिइएको छ ।

संयुक्त वक्तव्यमा नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका कावा अध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, रास्वपाका सभापति सुमन श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी धरान इन्चार्ज देउमान मेन्याङबो, राप्रपा नेपालका संयोजक नरेश शाक्य, सलोराम लिम्बुवानका अध्यक्ष मोहन तिगेलाले हस्ताक्षर गरेका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।