कोले न्युज: नेपाल तामाङ घेदुङ धरानको आयोजनामा चलिरहेको सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सवलाई सङ्गीतमय बनाउन भोलि साँझ मगलबार चर्चित गायक कमल खत्री आउने भएका छन् ।
धरान-१२ स्थित पब्लिक स्कुलको खेलमैदानमा माघ २७ गते देखि महोत्सव सञ्चालन भइरहेको छ ।
गायक खत्रीले महोत्सवमा मायाको अर्थ बुझन चाहान्छु, नाच नाच्छु कि ,सम्हाल मलाई ,जाउला रेलैमा सरर गोर्खा पल्ट्न लगायत गीत सङ्गीत प्रस्तुत गरेर दर्शन श्रोतालाई मनोरञ्जन दिने आयोजक तामाङ घेदुङ धरान उपाध्यक्ष सम्फर तामाङले बताए ।
महोत्सवलाई मनोरञ्जन दिलाउन धरानका स्थानीय चर्चित डान्स सेन्टर फ्युजन एकेडेमीले आकर्षक प्रस्तुति दिने कार्यक्रम भएको उनले बताए ।