कोले न्युज: बेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस एम्पायर (एमविइ) पदवीबाट धरान निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् ।
उनलाई बेलायतको वकिमहम प्यालेसमा बेलायतका राजा चाल्स तृतीयको हातबाट मेडल प्रदान गरेर सम्मान गर्न लागेका हुन् । यो बेलायतले विशिष्ट व्याक्तित्वहरुलाई मात्र दिइने सम्मानित पदवी हो । बेलायत आर्मी हुँदा र अवकासपछि पनि बेलायत सरकारको सहयोग र सामाजिक कार्यमा सक्रिय हुँदै विशेष योगदान दिएवापत राईलाई सम्मान गर्न लागिएको हो । इङल्याण्ड फुटबलर डेभिड व्याह्क्याम, महिला गोलकिपर मेरी इयर्पस लगायत यो पदवीले सम्मानित भइसकेका छन् ।
४८ वर्षीय राई रिटायर्ड बिट्रिस आर्मी हुन् । धरानबाट सन १९९६ मा २१ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती भएका उनी १८ वर्षसम्म बेलायत सरकारको सेवा गरी २०१४ मा रिटार्यड भएका हुन् । राई अहिले पनि समस्यामा परेका पूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
जागिरबाट रिटायर्ड भएपछि राई समाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय छन् । हाल उनी नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन् । उनकै पहलमा बेलायतका विशेष ब्रिटिस गोर्खा बिग्रेड व्याण्डले गत साल धरान–१० के रनमा व्याण्ड प्रर्दशन गरेका थिए । सोही समयमा ब्याण्डले धरान रंगशालामा पूर्व ब्रिटिस गोर्खा सैनिकलाई समेत प्रर्दशन गरिएको थियो । ब्रिटिस गोर्खा विग्रेड व्याण्डले बेलायतको विशेष समारोहमा मात्र व्याण्ड प्रर्दशन गर्ने गर्दछ ।