समाज

ग्रामिण पत्रकार समूहको छैठौं स्थापना दिवसमा पत्रकारहरुको परिवारलाई सम्मान

कोले न्युज: पत्रकारको स्वतन्त्र पत्रकारितामा परिवारहरुको योगदानको चर्चा गर्दै, ग्रामिण पत्रकार समूहको छैठौं स्थापना दिवसको अवसरमा समूहले पत्रकारको परिवार भेटघाट कार्यक्रम गरेको छ ।

सोही अवसरमा समूहले लोगो अङ्कित टिसर्ट सार्वजनिक गरिएको छ । प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले पत्रकारका अभिभावकलाई कदरपत्रले सम्मानसमेत गरिएको थियो।

वराहक्षेत्रमा रहेर पत्रकारिता गर्ने संचारकर्मीसँग समन्वय गरेर नगरको विकास निर्माणमा लागि पर्ने नगरप्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरे।

वराहक्षेत्र- ८ का वडाध्यक्ष रोशन खड्काले टिसर्ट सौजन्य गरेका थिए । उनले शुभकामना व्यक्त गर्दै वराहक्षेत्रको विकासमा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा वडा ७ का वडाध्यक्ष कपिल आचार्य, पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, सुनसरी महासङ्घका उपाध्यक्ष गणेश निरौला, मिडिया नेपालका प्रदेश अध्यक्ष विजयकुमार राउत, समूहका संस्थापक अध्यक्ष तथा सल्लाहकार बाबुराम कार्कीलगायतले शुभकामना दिएका थिए । दिवसका अवसरमा समूहका पदाधिकारी तथा सदस्यलगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले