कोले न्युज: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान-६ का शिव धमलालाई फेसबुकमा स्ट्याटस लेखेको भन्दै आफ्नै कार्य कक्षमा बोलाएर धम्की दिएका छन् । उनी नेपाल टेलिकमको कर्मचारी पनि हुन।
मेयर साम्पाङले धमलालाई कार्यकक्षमा धम्काउँदै ‘धरान छोडेर जा’ भन्दै धम्की दिएर नगर प्रहरी बोलाई लछारपछार गरी आफूलाई अभद्र व्यवहार गरेको उनले बताएका छन् । धमलाले भने ‘यसलाई थुनामा राख्नु भन्दै प्रहरीलाई फोन गरे आफ्नो समर्थक बोलाएर धम्की दिएको बताए।
धमलाले बुधवार साँझ फेसबुकमा ‘हामी कति मूर्ख कहिले माओवादीले भाटा हानेर दिमाग खुस्केकालाई जिताउँछौ कहिले विदेशी भएका अनि चुनाव पछि पछुताउँछौ’ भनी स्ट्याटस लेखेका थिए ।
बिहीबार दिउँसो करिब १२ बजे मेयर साम्पाङले प्रहरी बोलाएपछि धमलाले धरान उपमहानगरपालिकाका प्रवक्ता, वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)लाई ‘मलाई मेयर साम्पाङले प्रहरी लगाएर पक्राउ गर्न आँटे’ भन्दै म्यासेज गरेको भट्टराईले बताएका छन् ।
तुरुन्तै वडाध्यक्ष भट्टराई सहित एमाले धरान सहसचिव योगेशबाबू काफ्ले मेयर कार्यकक्षमा पुगेका थिए । मेयर साम्पाङले काफ्लेलाई ‘तपाईँ को हो तुरुन्त बाहिर निक्लेर जानुस्’ भन्दै नगर प्रहरीलाई बाहिर निकाल्न आदेश दिएका थिए ।
तर प्रवक्ता भट्टराईले काफ्लेलाई निकाले ठिक्क नहुने भन्दै नगर प्रहरलाई ननिकाल्न आग्रह गरे ।वडा अध्यक्ष भट्टराईले स्ट्याटस लेखेको विषय छलफल गर्न उचित नभएको भन्दै धमलालाई भट्टराईले मेयरको कार्यकक्षबाट निकालेर गएका थिए ।
स्ट्याटस लेखेकै भरमा मेयर साम्पाङले धम्काउनु र केरकार गर्नु कतिको उचित भन्दै सामाजिक सञ्जाल भर मेयरको आलोचना समेत भएको छ ।