समाज

नेपाल प्रेस युनियन सुनसरीद्वारा मित्र मिलन तथा वनभोज कार्यक्रम

पत्रकार परिवारमा आपसी सदभाव कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले मित्र मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

पत्रकार तथा पत्रकार परिवारलाई प्राथमिकतामा राखेर आपसी सदभाव कायम गर्ने उद्धेश्यले विगत केही वर्ष यता देखि नेपाल प्रेस युनियन सुनसरीले बनभोज कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिएको हो । मित्र मिलन तथा बोनभोज कार्यक्रम इटहरीको तालतलैयामा भएको थियो।

 नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धुब्र ढकालको अध्यक्षतामा आयोजना गरिएको बनभोज कार्यक्रममा पत्रकार तथा पत्रकार परिवारका सदस्यहरुले विभिन्न मनोरञ्जनात्मक खेल तथा नेपाल प्रेस युनियन र पत्रकारिता विषयसंग सम्वन्धीत हाजिरी जवाफ कार्यक्रम समेत आयोजना गरियो ।

जस अन्तरगत म्युजिकल चेयरमा सप्तकोशी टेलिभिजनका एडमन पराजुली प्रथम हुन सफल भएका थिए । त्यसै गरी हाजिरी जवाफ कार्यक्रममा सही जवाफ दिने पत्रकार तथा परिवारलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा , अग्रज पत्रकार हर्ष सुब्बा , हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार तथा पत्रकार परिवारको बनभोज कार्यक्रममा विभिन्न पत्रकार आवद्ध संघसंस्थामा आवद्ध पत्रकार तथा पत्रकार परिवारको सहभागिता रहेको थियो । अरु समयमा समाज र राष्ट्र हितका लागि समाचार बनाउने सञ्चारकर्मीहरु तथा परिवारका सदस्यलाई वर्षमा एक दिन मात्र भएपनि मनोरञ्जन गराउने उद्धेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालले जानकारी दिए । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना,लक्ष्मी खतिवडा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य इकवाल अहमद, अमर खड्का, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना , नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित, पत्रकार माहासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, बरिष्ठ पत्रकार हर्ष सुब्बा,इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल, धरान उपमहानगरपालिकाका निबर्तमान मेयर तिलक राई,कोशी प्रदेश फुटबल संघका अध्यक्ष नेपाली काँग्रेसका नेता किशोर राई, नेपाली काँग्रेस सुनसरी जिल्ला स-सचिव गणेश सुब्बा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव देवेन्द्र कार्की लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।
सप्कोशी अनलाईनबाट

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले