खेलकुद

धरान-१४, धरान-११ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

धरान रङ्गशालामा जारी २४औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको आइतबार भएको क्वाटर फाइनल खेलमा धरान-१४ ले धरान-११ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा धरान-१४ का सरोज राईले १२औँ मिनेट र दोस्रो हाफको १० मिनेटमा १/१ गरी २ गोल गर्दै एकल स्कोरमा टिमलाई विजयी बनाए ।

धरान-११ का रिवस मास्केले खेलको ३२ औँ मिनेटमा १ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच धरान–१४ का सरोज राई घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

भोलि सोमबार हुने क्वाटर फाइनल खेल धरान-१३ र धरान-८ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक