बिपि प्रतिष्ठानका का.मु. उपकुलपती प्राड.प्रल्हाद कार्कीलाई आफ्नै कार्यकक्षमा सांघातिक आक्रमणको प्रयासको घटना प्रती नेपाली काँग्रेसले घोर भर्त्सना गर्दै विज्ञप्ती जारी गरेको छ।
विज्ञप्तीमा भनिएको छ, नेपालकै प्रतिष्ठीत बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटनाप्रती नेपाली काँग्रेसको गम्भीर ध्यानकषर्ण भएको छ। संस्थामा हुने कुनैपनी असोभनीय कार्यको जहिले पनि नेपाली काग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। माघ १६ गते बिपि प्रतिष्ठानका का. मु. उपकुलपती प्राडा. प्रल्हाद कार्की माथी कार्यकक्षमा भएको अमर्यादित कार्य तथा संघातिक हमला कदापी क्षमा याचना हुन सक्दैन। आपसी सहमती सद्भावबाट भैइ रहेको समस्या समाधन उन्मुख कार्यलाई यस्ता खालका उत्शृखल गति बिधिले झन जटिल तर्फ ढकेल्ने उल्लेख छ।
बिपि प्रतिष्ठानमा हाल भै रहेको कर्मचारी शिक्षक चिकित्सकहरुको बृती बिकास सम्बन्धी जायज मागप्रती नेपाली काँग्रेस सधै साथमा रहेको कुरा अवगत गराउदौ विगत १०- १२ बर्ष देखि शिक्षक कर्मचारीको बृतिबिकास नहुनु आफैमा दुखद पक्ष हो। उक्त समस्या समधानका निमित नेपाली काँग्रेसकै अगुवाईमा काठमाण्डौ सम्म गइ नेपाल सरकार र सम्बन्धीत निकाय तथा पक्षहरुको ध्यानकर्षण गराउदै आवश्यक छलफल समन्वय सहजीकरण र पहल गरेको कुरा विज्ञप्तीमा उल्लेख गरेको छ।
यसै अनुरुप नेपाल सरकारबाट निर्देशन भैइ प्रतिष्ठानको कार्यकारीणी समिती बैठक हुँदै गरेको र माघ २९ गते नै संचालक परिषद (सिनेट) को बैठक समेत बोलाएको अवस्थामा यश घटनाले कतै शिक्षक कर्कचारी को जायज मागलाई पुरा हुन नदिई प्रतिष्ठानमा थप अराजकता सिर्जना गर्ने र संस्था नै बन्द गराउने भित्री बाहिरी कुतत्वहरुको खेल त हैन ? भन्ने शंका उत्पन्न भएको छ। त्यति मात्र हैन कतै सम्मानित उच्च अदालतबाट स्वास्थ्य जस्तो अति आवश्यक एवम सवेदनशील क्षेत्रमा कुनै पनि आन्दोलन बन्द हड्ताल तालाबन्दी वा अबरोध नगर्नु नगराउनु भन्ने आदेश बिरुद्व भद्र अवज्ञाको नाममा आन्दोलन हुनु कतै यस्तै तत्वद्वारा सन्चालीत भएको त हैन भने संका पनि उत्पन्न भएको हुदा यस्तो तत्वहरु बाट सबै सचेत हुन अति आवश्यक भएको विज्ञप्तीमा भनिएको छ।
यस्ता किसिमका घटनालाई निरुत्साहीत गर्न तथा भविष्यमा समेत घटन नदिन र संस्थाको गरिमालाई सदैव अक्षुण राख्न घटनामा संलग्न जोकोही दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्बाही गर्न नेपाली काँग्रेस जोडदार माग गर्दै नेपाली काँग्रेस उक्त लज्जित घटना घोर भत्सना र निन्दा गर्दै घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धन गरि जोकोही दोषीलाई कडा कारबाहीको माग सहित प्रतिष्ठानको सम्पुर्ण शिक्षक कर्मचारी र विद्मार्थी एवम व्यवस्थापन तथा प्रशासनलाई उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन अनुरोध गर्दै पदाधिकारीहरुमा समेत सहमती सहकार्य एकता र सु-सम्बन्ध कायम गरि शिकक्षक कर्मचारीहरुको जायज मागलाई सबोधन गर्न नेपाली काँग्रेस सबै पक्षमा विज्ञप्ती मार्फत अपिल गरेको छ।
उक्त विज्ञप्तीमा नेपाली काँगेस धरान नगर सभापती श्यम पोख्ररेल, प्रदेश १/२ सभापती मुरारीप्रसाद भट्टराई, प्रदेश १/१ अनिल श्रेष्ठ, क्षेत्रीय सभापती सुजेन्द्र तामाङले हस्ताक्षर गरेका छ्न।