धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिवार बेलुका धरानमा छायाङ्कन भइरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ ।
फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भइरहेको छायाङ्कन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेट जति केमियो रोल सुटिङ भएको जानकारी दिए ।
‘फिल्ममा उहाँलाई मेयरकै भूमिकामा देख्न सकिन्छ । कथाले मागेअनुसार नै खिचिएको हो । झण्डै एक मिनेट जतिको दृश्य छ’ त्रिपाठीले भने, ‘अभिनयसँगै उहाँले फिल्मलाई आवश्यक सहयोग गरिने आश्वासन पनि दिनुभयो ।’
फिल्ममा सुटिङपछि मेयर साम्पाङ उत्साहित देखिएको त्रिपाठीले जानकारी दिए । यो कमेडीलाई फिल्मलाई ‘षडङ्ग’ फेम्ड सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । ‘खजुरे ब्रो’ धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको हो ।
यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गर्दैछिन् ।