Uncategorized

राष्ट्रीय वाणिज्य बैङ्कको नेपालकै उत्कृष्ट बन्यो इटहरी शाखा

राष्ट्रीय वाणिज्य बैङ्कले ५८ औ वर्ष पार गरी ५९ वर्ष प्रवेश गरेको अवसरमा उत्कृष्ट शाखाको रूपमा इटहरी शाखा छनौट भएको छ।

राष्ट्रिय वाणिज्य बैङ्क इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको छ । बैङ्कको ‘ख’ वर्गको शाखाहरू मध्ये इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको राष्ट्रिय वाणिज्य बैक इटहरी प्रमुख वरुण कर्णले जानकारी दिदै वार्षिक उत्सवको अवसरमा मोबाइल तथा इन्टरनेट बैङ्किङ एटिएम तथा लकर सेवामा विशेष छुट गरिएको समेत जानकारी दिए।

इटहरी शाखामा कार्यरत यमुना गौतम ‘वेस्ट ईम्प्लोई अफ् द इयर’ मा छनौट भएकी छिन् । बैकका ९ जना सेवाग्राही र १ जना पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । ५ जना उत्कृष्ट बचत कर्ता , ४ जना उत्कृष्ट ऋणी र १ जना पूर्व कर्मचारीलाई सम्मान गरिएको बैकका सहायक प्रमुख महेश नेपालले जानकारी दिए ।

२०५० साल माघ १० गते इटहरीमा स्थापना भएको वाणिज्य बैङ्क शाखाले निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रम सञ्चालन तथा सहजिकरण महेश नेपालले गरेका थिए।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा