कोले न्युज: धरानका मेयर हर्क साम्पाङले आज सुचना जारी गर्दै धरान उपमहानगरपालिका क्षेत्र भित्र स्वास्थ्य र वातावरणलाई असर पुग्ने भोला, गुट्खालगायत सुर्तिजन्य पदर्थालाई धरानमा बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्।
धुम्रपान तथा सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अतिनै हानिकारक मानिन्छ। सुर्तीजन्य पदार्थको बिक्रीवितरण र उपयोगबाट जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पार्नुको साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सुर्तीजन्य पदार्थको कारण पर्यावरण प्रदुशित हुने फोहोर मैला बढन गई शहरको सुन्दरतामा प्रतिकुल प्रभाव पर्ने अबस्थालाई दृष्टिगत गरि धरान नगर क्षेत्रका सार्बजानिक स्थलहरु पाटीपौवा, बाटोघाटो पुस्तकलय, सार्बजानिक सौचलय, व्यायमशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल लगाएत स्थानहरुमा चुरोट, बिडीँ, तमाखु, सुल्फा,प्लाष्टीकमा प्याक गरीएका सुर्ती, खैनी, गुटखा, पानपराग, वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सुर्तीजनय बस्तु भण्डार, बिक्री र प्रयोगमा पुर्ण प्रतिबन्ध गरिएको सुचना पत्रमा उल्लेख गरेको छ।
पुस २९ गतेको कार्यपालिका बैठकबाट सुर्तीजनय पदार्थ बिक्री, भण्डार र प्रयोगमा रोक लगाउने निर्णय भएको थियो। सुचना भएको मिती देखि १५ दिन पछि धरान नगरक्षेत्रमा बिक्री प्रयोग गरेमा नगर प्रहरीले जफत गर्ने जानकारी दिएको छ। अवेज्ञा गरि बिक्री वितरण गरीएमा कानुन बमोजिम जरिवाना गरिने सुचनामा उल्लेख गरेको छ।