Uncategorized

विपि प्रतिष्ठानका आन्दोलनरत शिक्षक र कर्मचारीहरुले थप आन्दोलनका कार्यक्रमहरु सार्बाजानिक

कोले न्युज: विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत शिक्षक र कर्मचारीहरुको आज मंगलबार २ गते बसेको आन्दोलन परिचालन समितिको बैठकले थप संघर्षका कार्यक्रमहरु विज्ञप्ति मार्फत सार्बाजानिक गरेको छ।

आन्दोलनरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको र्यालि प्रतिष्ठान भित्र नै गरिने र माघ ३ गते देखि आर ओ टी सेन्ट्रल ल्याब, रुटिन रेडियोलोगी सेवाहरू समेत अबज्ञा गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ।

संयुक्त – र्याली बुद्ध चौक, दुर्गा चौक, भानु चौक हुदै भोटेपुलबाट फेरि डेन्टल गेटबाट प्रतिष्ठान मै फर्किने । पर्चा पम्प्लेट ब्यानार सहित बृहत उपस्थितको अपिल गरेको छ।

निषेधित का.मु. उपकुलपतिले प्रतिष्ठानको कुनै पनि सवारी साधन चलाउने अधिकार नभएकोले ती गाडीहरूको चाबी आन्दोलनकारीले कब्जामा लिने सहकुलपति र कुलपतिलाई म्यासेज पठाउने, हेरफेर भएका एच ओ डी हरूलाई आफ्नो जिम्मेवारी नलिन अनुरोध गर्ने । निषेधित का.मु. उपकुलपति भएपछि गरिएका सम्पूर्ण पत्रचारहरू मान्यता नदिन आग्रह गर्ने । उक्त विज्ञप्तिमा आन्दोलन परिचालन समिति संयोजक डा. सेराज अहमद खान र कविता ढकालले संयुक्त हस्ताक्षर गरेका छन ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा