धरान विशेष स्वास्थ्य/जिवनशैली

वीपीका शिक्षक चिकित्सक र कर्मचारीहरु आन्दोलनमा, बिरामीहरु उपचारबाट बञ्चीत

कोले न्युज:

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि ओपिडी सेवा सुचारु भएको छैन। बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले आज बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका छन् ।

उनीहरुले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा बसेका छन् । शिक्षक कर्मचारीहरुले काम छोडेपछि प्रतिष्ठानको इर्मजेन्सी, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका विरामीहरुबाहेकको सम्पुर्ण सेवा ठप्प भएको छ । आज बिहानैदेखि ओपिडी बिल काउन्टर पनि खुलेन, जसले गर्दा उपचार सेवाबाट नयाँ विरामीहरु बञ्चित भएका छन् । वार्डमा भर्ना भएका विरामीहरुको मात्र उपचार सेवा जारी हुनेछ भने वार्डमा भर्ना भइसकेका पुर्वनिर्धारित अप्रेशनहरु मात्र सञ्चालन हुनेछ । यस्तै, शिक्षकहरुले पनि सेवा बहिष्कार गरेपछि पठनपाठन र परिक्षाका कार्यक्रमहरु पनि प्रभावित हुन पुगेको छ ।

बषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै शिक्षक, कर्मचारीहरुले पटक पटक आन्दोलन गरेका थिए । गत कार्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै ४ बुँदे सहमति गरेको थियो । उक्त सहमति वमोजिम आवश्यक विधि र प्रक्रिया पुरा गरेर पुष २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुचारु गर्नुपर्ने भएपनि कार्यान्वयन नभएपछि पुनः शिक्षक, कर्मचारीहरु आन्दोलित भएका हुन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।