धरानका मेयर हर्क साम्पाङले १२३ औ धरान डे को अवसरमा पुस १९ गते धरानको श्रीजंग चोक देखि भोटेपुल सम्म सरसफाई कार्यक्रममा भएको थियो उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य र वातावरणलाई पनि असर पुग्ने भोला, गुट्खालगायत सुर्तिजन्य पदर्थालाई धरानमा पनि प्रतिबन्ध लगाउने बताएका छन् ।
सरसफाई अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले धरानलाई स्वस्थ्य, सफा, स्वच्छ र हराभरा बनाउन सबैको साथ चाहिने पनि बताए । भोला, गुट्खाको खोल अत्यधिक भेटिने गरिएको छ । यसले स्वास्थ्यलाई पनि असर भइरहेको हुन्छ भने जथाभावी फाल्ने खोलले पर्यावरणमा पनि असर पुगेको हुन्छ । ‘हामीले चाडै सुर्तिजन्य पदार्थ भोला, गुट्खा प्रतिबन्ध लगाउनुपर्छ भन्ने लागेको छ । त्यसमा अन्यथा मान्नुहुदैन, सुर्तिजन्य खाएर तलतल त मेटिन्छ होला तर प्राणघातक रोग पनि लाग्छ,’ उनले भने ।
उपमेयर अइन्द्रबिक्रम बेघाले पनि भोला, गुट्खालगायत सुर्तिजन्य पदार्थलाई कानुन निर्माण गरेर प्रतिबन्ध लगाउनुपर्ने धारणा व्यक्त गरे। सरसफाई अभियानमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ३, ४, ८, १३, १५ लगायतका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधिहरु पनि सहभागी भएका थिए । यस्तै, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगर प्रहरी, टोल विकास संस्था र विभिन्न सामाजिक संस्थाहरुको पनि सहभागिता रहेको थियो ।