लिम्बू याक्थुङ्वाहरुको महान चाड चासोक तङ्नाम साँस्कृतिक झाकी केलाङटोली सहित आज औपचारिक उद्वाटन भएको छ।
किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा आज बिहान सांस्कृतिक झाकी केलाङ टोली सहित बृहत र्याली छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएर भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेको थियो ।
हिजो देखि सुरु भएको प्रकृति पुजक लिम्बू समुदायको चासोक तङ्नाम पाँच दिन सम्म हुनेछ। आजै बिहान चासोक पुजा त्यस पछि श्रीजङ्गाको सालिकमा माल्यान्पर्ण गरिएको थियो । चुम्लुङले यसपाली चासोकलाई कोशी प्रदेश नामाङ्कन खारेज गर्न माग गर्दै मनाउदैछ । प्रदेशको नाम पहिचानको आधार, इतिहास, सभ्यताको आधारमा राखिनुपर्ने माग चुम्लुङ्को रहेको छ ।