मनोरञ्जन समाचार

भेडेटारमा फुड फेस्टिवल पुस १५ देखि १७ गते सम्म हुने

🖋 रोहित कुलुङ राई

पूर्वको पर्यटकीय स्थल भेडेटारमा अङ्ग्रेजी नयाँ बर्षकाे अवसरमा ११ औं फुड फेस्टिवल आगामी पुस १५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने भएको छ ।

होटल एसोसियसनका अध्यक्ष तुमराज लिम्बुले होटल एसोसियसन अफ भेडेटारको आयोजनामा हुने उत्सवमा स्थानीय धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयर गरेको र राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय ठाँउको पहिचान गर्ने जानकारी दिएका छन।

कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रमलगायतका आकर्षणसहित आयोजना हुने तीन दिने फुड फेस्टिवलुमा यो वर्ष जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत आकर्षणका रुपमा प्रस्तुत हुने उहाँले बताउनु भयो ।

विगत ११ बर्ष देखि उत्सवका रुपमा मनाउन सुरु गरिएको खाना उत्सवका कारण होटल पूर्वाधारलगायतमा विकास हुँदै गएको एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनु भएको छ ।

अध्यक्ष रुम्दालीले भेडेटारको पर्यटनको प्रवर्धनका लागि कोशी किनारस्थित खुवालुङदेखि ध्वजे डाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथनलगायतका काम गर्ने गाउँपालिकाले लक्ष्य लिएको अध्यक्ष रुम्दालीले जानकारी गराउनु भएको छ । भेडेटार नयाँ बर्षको समयमा अत्याधिक भारतीय पर्यटकहरु आउने गरेका छन् ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता