समाज

जनोदय विद्मालय दाङमायाका विद्मार्थीहरुलाई दयाका हातहरु नेपालद्वारा ट्याक सुट वितरण

भोजपुर जिल्ला षडानन्द नगरपालिका वाड न. २ दाङमायामा रहेको श्री जनोदय आधारभुत विद्मालयलमा अध्यानरत विद्मार्थीहरुलाई दयाका हातहरु नेपाल संस्थाले सोमबार एक कार्यक्रम गरि १ सय तीन थान ट्याक सुट, खैलौना १ सय दस थान र शिक्षकहरुलाई ११ थान ट्याक सुट बितरण गरेका छन।

सामाजिक क्षेत्रमा कार्य गर्दै आएका उक्त संस्थाले दुई बर्ष अगाडि बिद्मालयलाई ५ थान कम्प्युटर प्रदान गरेको थियो। चिसो बढे संगै बिद्मार्थीहरुलाई न्यानो कपडा र खेलौना बितरण गरेर सामाजिक दायित्व निर्भाहा गरेको सामाजिक क्षेत्रमा निरन्तर अगाडि बढने संस्थाका अध्यक्ष बेनी बहादुर कार्कीले बताए।

षडानन्द नगरपालिकाका मेयर कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र कुमार उदासले दयाका हातहरु नेपाल संस्थाको सामाजिक कार्यको प्रशंसा गर्दै संस्थाको काम प्रती आभार र सम्मान व्यक्त गरे। कार्यक्रमका विशेष अतिथी उपमेयर प्रमिला राई अतिथीहरु शिक्षा अधिकृत मनिराम तामाङ, संस्थाका निर्देशक अरुण राई, संमयोजक आमुस ठटाल उपस्थीती रहेको कार्यक्रमका अध्यक्ष विद्मालय व्यबस्थापन समितीका अध्यक्ष शैकुमार राईले गरेका थिए।

विद्मालयका प्र.अ. कमल खतिवडाले यस बिद्मालयलाई छनौट गरेर न्यानो कपडा साथै बिद्मार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेर सहयोग गरेकोमा संस्थाका अध्यक्ष लगाएत दयाका हातहरु नेपाल संस्थाका परिवारलाई विशेष धन्यवाद व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले