धरान विशेष स्वास्थ्य/जिवनशैली

वीपी प्रतिष्ठानमा स्वास्थ्य सेवा तत्काल सुचारु गर्न राजनीतिक दलहरूको पहल

धरान । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि पहल शुरु भएको छ ।
पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल गरेको छ । छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् ।
यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा निकास निकाल्न दलहरुले आन्दोलनरतपक्षसँग छलफल गरेको छलफलमा सहभागी चिकित्सकहरुले बताएका छन् ।
सबैको चासोको विषय रहेको चिकित्सक तथा शिक्षकको आन्दोलनलाई दलहरुले आन्दोलनरतपक्षबाट नै सुन्ने र यसको निकास निकाल्ने विषयमा पहल गर्ने उद्देश्यले छलफल गरिएको आन्दोलतरत शिक्षक डा. मधुर बस्नेतले बताउनुभयो ।
छलफलमा नेपाली काँग्रेस धरान उपमहानगर समितिका.सभापति श्याम पोख्रेल , नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा माओवादी धरान नगर अध्यक्ष मनोज भट्टराई ,जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बु लगायत ७ दल र शिक्षक कल्याण समाज तर्फबाट .डा.रबिन मास्के, डा.दिब्य मिश्र, डा.रोशन शाह र विधार्थी कल्याण समाजका अध्यक्ष डाक्टर ओम शान्ति रजक लगायतको उपस्थिति रहेको थियो ।


छलफलमा आन्दोलनकारीहरुले आफुहरुको मागलाई हालसम्म सुनुवाइ नभएको, आफुहरुले आन्दोलन गर्नुको कारण बारेमा राजनैतिक दलहरुलाइ जानकारी गरेको आन्दोलरत शिक्षक तथा चिकित्सकहरुले बताएका छन् ।
उनीहरुले आफ्नो स्वार्थको लागि मात्र आन्दोलत नरहेको बताउदै विगतमा तीन तीन महिनामा बढुवा प्रक्रिया प्रतिष्ठानले गरेपनि विगत ७ बर्षदेखि बढुवा प्रक्रियालाई सुचारु गर्न नसकेको कारण धेरै शिक्षकहरु पलायन भएको बताउदै आफूहरुको आन्दोलत बढुवासँग मात्र सीमित नभइ प्रतिष्ठानको सेवा सुविधा, शैक्षिक गुणस्तरसँग समेत जोडिएको डा. मधुर बस्नेतले बताउनुभयो ।
यही विषयलाई लिएर आन्दोलनरत शिक्षक तथा चिकित्सकहरुले आफूहरुको मागलाई प्रतिष्ठानका पदाधिकारीहरुबाट गम्भीरता नदेखाएको भन्दै दशै अगाडि काठमाण्डौ पुगेर प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले माग गराउन अल्टिमेटम दिँदै १ सय ७७ जनाले सामुहिक राजीनामा दिएका थिए ।
आन्दोलतर पक्षसँग छलफलमा बसेका सात राजनैतिक दलहरुले दोस्रो चरणमा बीपीका पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन् । करिब दुई महिना अगाडिदेखि निरन्तर आन्दोलनमा उत्रिएका आन्दोलतरत शिक्षक तथा चिकित्सक अहिले पनि काममा फर्किएका छैनन् ।
यसले समग्र प्रतिष्ठान नै समस्यामा गाँजिएको छ । राजनीतिक दलमात्र हैन, बीपी प्रतिष्ठानका पदाधिकारी, स्वयम् आनदोलनरत शिक्षक तथा चिकित्सक, नेपाल सरकारले गम्भिरता देखाएर निकास निकाल्न आवश्यक भइसकेको उपस्थित राजनीतिक दलकाका प्रतिनिधिहरुको भनाई रहेको र यसको प्रतिष्ठानका पदाधिकारीसँग बसेर समस्याको निकास निकाल्ने आश्वासन समेत ऊनिहरुबाट बताएको जानकारी शिक्षक डाक्टर मधुर बस्नेतले दिनु भयो ।


छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।