आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले फूलपाति भित्र्याएको छ । आज नेपालीहरुको फूलपाती भित्र्याएसँगै घर घरमा दशै भित्रिएको परम्परागत मान्नेता रहेकोछ ।
हामी प्रकृतिको पुजक भएकोले आज फुलपातीको रुपमा नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा आजागरी फूलपाति भित्र्याउने गरिएको जानकारी १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले दिएकाछन ।
वडाध्यक्ष भट्टराईले थप जानकारीमा आजको यो सम्पुर्ण व्यवस्थापन दन्तकाली मन्दिर व्यवस्थापन समिति र १४ नम्बर वडा समितिको रहेकोछ भने हामीले नेपाली सेनाको बेण्डबाजा टोलि, सशस्त्र प्रहरी, जनपथ प्रहरी, नगर प्रहरीको, भुपु नेपाल प्रहरीहरु, नेपाल स्काउटका टोली , एनसीसी टोली , धिमेवाजाको टोली र धरानका वडाजनप्रतिनिधिहरु, समेतलाई सहभागिताको लागि अनुरोध गरेको बताउदै उनले नौरथाको अन्य दिनमा चहलपहल कम भए पनि आज फूलपाति भित्र्याउने क्रममा भने सबैको उल्लेख्य उपस्थिति रहेको बताए।
आज नेपाली सेना समेतको टोलीले दन्तकाली शक्तिपीठबाट बाझागाजा सहित पहिला बुढासुब्बामा पुगेर सेनाद्वारा सलामी अर्पण गरेपछि पिण्डेश्वर मन्दिरमा रहेको फुलपातीलाई विधिवतरुपमा पुजा आजा गरेर दन्तकालीमा ल्यएर भित्र्याएकोछ ।
तस्बिरहरू : लक्ष्मण थापा