समाजले हेर्ने सकरात्मक सोचमा परिवर्तन गर्न पनि ” द फ्लो फ्याक्ट्रिले नयाँ क्रु को रुपमा हिपहप फेस्टको आयोजना गर्दै । धरानमा रहेका द फ्लो फ्याक्ट्री सँचालक ६ जना युवाको समुहले ‘हिपहप फेस्ट’ आयोजना गर्ने भएका छन् । करिब २ महिना अगाडि धरान- ३ पालिका तरकारी बजार स्थित आफ्नै घरमा द फ्लो फ्याक्ट्री संचालन गर्दै आएका सस्थापक सरल उदासले पत्रकार सम्मेलनमा द फ्लो फ्याक्ट्रीबारे संक्षिप्त जानकारी दिनेक्रममा उनले हामीलाई समाजले हेर्ने सोच बदल्न र स्थानीय स्तरमा लुकेर रहेका र्यापर गायकहरुको प्रतिभालाई अवसर दिने प्लेटफर्मकोरुपमा यो द फ्लो फ्याक्ट्रीको स्थापना गरेको बताए ।
त्यसैगरी फ्याक्ट्रीका सँस्थापक अध्यक्ष उदासले धरानमा मध्यरातसम्महुने मनोरञ्जन संगीत माहोल प्राय बन्द भई रहेको अवस्थामा आगामी शनिबार ‘द फ्लो फ्याक्ट्री’द्वारा पहिलो पटक धरानको ‘हिपहप फ्लोर’ मा हिपहप फेस्टको आयोजना हुने जानकारी समेत दिएकाछन । अहिलेको अन्तरालमा धरानका हिपहप जनरमा काम गर्ने आयोजक ६ युवाहरुमा फ्याक्ट्रीका निर्माता एवं र्यापर सागर छेत्री, क्षितिज राई, आयुष राई, विश्वदीप बज्राचार्य, मनिष गुरुङ र ब्राइन श्रेष्ठले हिपहपमा नयाँ काम गर्ने अठोटका साथ अघि बढेको देखिन्छ ।
उक्त फेस्ट आयोजनाबारे आज मंगलबार धरान १ स्थित ककटेल हाऊसमा आयोजित पत्रकार सम्मेलनमा निर्माता सागर क्षेत्रीले धरानको बगरकोटस्थित भिन्टेज फेमिली रिसोर्टमा आगामी शनिबार आयोजना हुने ‘फूलपाती हिपहप फेस्ट’ मा धरानका अग्रज गायक गङ्गा वरदान, निर्णय द एनएसके, सुनिता ल्याम्बगड, इम्सी एङ्लिसा, कवि जी, योङ हस्लर, सिड वाग्ले, एम पोइन्ट, विश्वदीप, राइम फ्रेकलगायतको प्रस्तुति हेर्न सकिने छ भने डिजे डबल-बीले डिजेइङ गर्ने छन् भनि बताउदै उनले ‘फेस्ट’मा ‘कल्चरल थेम’सहित बी बोइङ, बि गर्लिङ, बिटबक्स, ग्राफिटी आर्ट, ब्रेकिङलगायतका हिपहपका जनरहरु प्रस्तुत हुने छन् । फेस्टमा डान्ससहित हिपहपका २० बढी प्रस्तुति हेर्न सकिने जानकारी दिए । फेस्टमा सिङ्गल, कपल र भिआइपी टिकटमा प्रवेश गर्न सकिने छ भने टिकट दर क्रमशः ३ सय रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ राखिएको जानकारी आयोजकले दिएकोछ ।