राजनिती

सुनसरी–१ मा कांग्रेसको जरा अभियान


धरानः नेपाली कांग्रेसले बैशाख १ गतेदेखि शुरु गरेको  जरा अभियान सुनसरी क्षेत्र नं. १ मा समेत शुरु भएको छ । अभियानको उद्घाटन केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सांसद अमृत अर्यालले गरेका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका प्रत्यासी समेत रहेका कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा अभियानको कार्यक्रम भएको हो । यस अघि बैशाख ३ गते सुनसरी जिल्लास्तरीय कार्यक्रम सम्पन्न भएको थियो । कांग्रेसले सबै क्षेत्र, वडा र टोलमा जरा अभियान सञ्चालन गर्ने जनाएको छ ।
प्रमुख अतिथि अर्यालले पार्टीमा जागरण र रुपान्तरण ल्याउन तथा स्थानीय र राष्ट्रिय सन्दर्भमा पार्टीको सोंच र सन्देश प्रवाह गर्न जरा अभियान आवश्यक भएको बताएका छन् । उनले सहभागी नेता तथा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई संवोधन गर्दै प्राप्त उचित  सुझावहरुलाई पूर्णरुपले मनन् गरेर अघि बढ्ने समेत बताए ।
अर्का केन्द्रीय प्रतिनिधि यदु विष्टले जरा अभियानका सन्दर्भमा प्रकाश पार्दै अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक समेत गरिने बताउंदै पार्टीको संगठनरुपी जरामा सिंचित गर्न, गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न अभियानले मद्दत पुर्‍याउने बताए । उनले राष्ट्रियता, लोकतन्त्र, संघीयता, नागरिक विश्वास, सामाजिक एकता र पार्टीको जरालाई सवल बनाउने अभियानको उद्देश्य रहेको समेत बताए ।
कांग्रेसको कोशी प्रदेशवाट खटेका प्रतिनिधि  एवम् प्रदेश कोषाध्यक्ष राजेश गुप्ताले यो अभियानवाट पार्टी संगठनमा पुर्नजागरण हुने विश्वास व्यक्त गरे ।
अभियानलाई संवोधन गर्दै इनरुवा नगर प्रमुख समेत रहेका कांग्रेसका सुनसरी सभापति केदार भण्डारीले केन्द्रले ल्याएको जरा अभियान र यसका उद्देश्यहरु देश, जनता र पार्टी हीतका सन्दर्भमा अत्यन्त फलदायी भएको बताएका छन् । उनले दोष जति अरुलाई थोपर्ने परम्पराको अन्त्य गरी एकतावद्ध भई पार्टीलाई सुदृढ बनाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा भएको महत्वपूर्ण कार्यक्रममा कतिपय महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला र प्रदेशका पदाधिकारी तथा सदस्यहरु समेत अनुपस्थित रहेकोमा दुःख व्यक्त गर्दै  अविलम्व बैठक राख्न क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई निर्देश समेत गरेका छन् ।
केन्द्रीय प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरुलाई स्वागत गर्दै क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीले अघि सारेको जरा अभियान उत्साह, विश्वास, जागरण, रुपान्तरण र शुद्धिकरणको एक नविन एवम् महत्वपूर्ण अभियान भएको बताउंदै अभियानलाई हरेक वडा, टोल र जनस्तरसम्म पुर्‍याई प्रभावकारी रुपले सम्पन्न गर्न पार्टीको जिम्मेवार सबै नेता साथीहरुको प्रमुख कर्तव्य रहेको बताए । उनले अभियानलाई सफल बनाउन अभिमुखिकरण गराई स्थानीय जिम्मेवार नेताहरुलाई हरेक वडामा प्रतिनिधि खटाइने तथा क्रियाशील सदस्यतालाई अद्यावधिक गरी पूर्ण रुपले डिजिटलाईज गर्न विद्यार्थी नेताहरुलाई प्राविधिकको रुपमा खटाइने समेत बताए ।
जरा अभियान उद्घाटन कार्यक्रममा प्रदेश, जिल्ला र नगर स्तरीय प्रतिनिधीहरुले सुझाव संगै आफ्नो भनाई राखेका थिए।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३