धरान विशेष

धरानको खानेपानी समस्या समाधानमा प्रदेश सरकारको सहयोगमा तीन वटा डिपबोरिङ्गको काम सम्पन्न


धरान: दीर्घकालीन खानेपानी परियोजना सम्पन्न नहुन्जेल कोशी प्रदेश सरकारको अनुदानमा सम्पन्न भएको तीन वटा डिप बोरिङले धरानको खानेपानी समस्यालाई केही हदसम्म थेग्ने अनुगमनपश्चात सम्बन्धित पक्षले जानकारी दिएका छन् । तर धरानका मेयर हर्कराज राइले यसलाई धरान खानेपानी बोर्डको स्वामित्वमा ल्याउन भने अहिले नै नसकिने अडान लिनु भएको छ ।
आर्थिक बर्ष २०८०/०८१ मा तीन वटा डिप बोरिङ गर्नको लागि कुल ४ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको थियो । ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९सय ९ रुपैयामा ३ वटा डिपबोरिङ गरिएपछि सो डिपबोरिङमार्फत खानेपानी परियोजनाले धरानको खानेपानी आपूर्तिमा कति सहज हुन्छ भन्ने कुरा जानकारी लिनका लागि कोशी प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, धरानका मेयर हर्कराज राई, उपमेयर अइन्द्रबिक्रम बेघा र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवासहितको टोलीले स्थलगत अनुगमन गरेका थिए ।
विगतमा सहरी विकास आयोजना अन्तर्गत एडिवीको ऋण सहयोगमा आएको परियोजना समेत भरपर्दो नभएको बताउदै प्रदेश सरकारबाट सहयोग प्राप्त डिपबोरिङको समेत मेयर हर्कराज राईले अविश्वास व्यक्त गर्नुभयो । उहाँले टेक्निकल र फाइनान्सियल अडिट, सार्वजनिक सुनुवाई गरेपछि मात्र यो आयोजना धरान खानेपानी बोर्डले जिम्मा लिने बताउनुभयो ।
काम सम्पन्न भएपनि वेल टेष्टको कामको अनुगमन गरिएको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवाले जानकारी दिनुभयो ।
खानेपानी मन्त्रालयका मेकानिकल इञ्जिनियर निश्चल पोख्रेलले ३ वटा बोरिङ, सय केभिएको डिजेल जेनेरेटर, कन्ट्रोल प्यानल बोड जडानसँगै प्रक्रिया सबै सकिए पनि मुख्य पाइपलाइनमा जोड्न बाँकी रहेको बताउनुभयो ।
धरानको खानेपानी समस्यालाई केही हदसम्म समाधान गर्न जडान पम्पले धरानको खानेपानी समस्या समाधानमा केही सहजता हुने बताउदै तीनवटा वेल जडान गर्दा ५ करोड लगानी लागेको कोशी प्रदेश सांसद रमेश बस्नेतले जानकारी दिनुभभयो ।

धरानमा बर्षादमा प्रसस्त पानी आपूर्ति गरिए पनि सुख्खा मौसममा भने समस्या हुने गरेको छ । यी तीनवटा बोरिङबाट प्रतिदिन ४५ देखि ५० लाख लिटर पानी आपूर्ति हुने प्राविधिकहरुले बताएका छन् । प्रदेश सरकारले केही समय पछाडि थप एक डिप बोरिङ्ग थप्ने बताउँदै आएको बेला अहिले थपिएको तीन वटा डिपबोरिङले दीर्घकालीन रुपमा नभए पनि अल्पकालीन समस्या समधान हुने बताइएको छ । धरानमा दैनिक ३ करोड लिटर भन्दा बढी खानेपानीको आवश्यता पर्दछ । बर्षाद्को समयमा धरानलाई चाहिने पानी आपूर्ति भएपनि सुख्खा मौसमम आधा मात्र पानी आपूर्ति हुने गरेको छ । हिउदको समयमा हुने खानेपानीको समस्यालाई केही हदसम्म न्यूनिकरण गर्न सकिने अनुगमनका क्रममा बताइएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।