
धरान: नेपाली काँग्रेसको युवा दस्ता तरुण दलमा आवद्ध युवाहरुलाई एकताबद्ध बनाउदै सामाजिक कार्यमा सक्रिय बनाउने अभिप्रायले नेपाल तरुण दल प्रदेश सभा सुनसरी क्षेत्र न १(१) ले भेटघाट तथा चियापान कार्यक्रमका आज शनिबार सम्पन्न गरेको छ ।
नेपाल तरुण दलका क्षेत्र नं. १(१) का सभापति जीवन लिम्बुको सभापतित्वमा नेपाली काँग्रेस धरान ५ नम्बर वडा कार्यलयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस प्रदेशसभा सुनसरी १ (१) का सभापति अनिल श्रेष्ठ रहनु भएको थियो । सो अवसरमा बोल्दै श्रेष्ठले नेपाली काँग्रेसको राजनीतिमा तरुण दस्ता एउटा प्लेटफार्म भएको बताउदै युवाहरुले खेलेको भूमिकाले भविष्यमा काँग्रेसभित्रको संगठन विस्तारसँगै बलियो र दरिलो बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले आफूपनि तरुण दलबाट नै माउ पार्टी नेपाली काँग्रेसमा प्रवेश गरेको दृष्टान्त बताउदै नेतृत्व विकासका लागि तरुण दल प्लेटफर्म हुने स्पष्ट पार्नुभयो ।
यस्तै नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले पार्टीलाई साँगठानिक रुपमा बलियो बनाउन युवा दस्ताको महत्वपूर्ण भूमिका भएकोले युवा पुस्ताबाटै आफूलाई निखार ल्याउन पनि तरुण दलका आवद्ध युवाहरुलाई सहयोग पुग्ने बताउनुभयो ।
सो अवसरमा नेपाल तरुण दल ५ का वडा सभापति जेम्स राइ, नगर अध्यक्ष राम तामाङ, क्षेत्रीय अध्यक्ष अजय राई, पार्टीका वडा सभापति कुमार देवान, पार्टीका प्रदेशसभा १(१) का कोषाध्यक्ष रबिना गुरुङ, प्रदेश सभा १(१) सचिव युवराज शङकर, तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, लगायतले तरुण दल युवाहरुको वृत्ति विकासका लागि प्लेटफर्म भएको बताएका थिए ।
चियापान कार्यक्रममा तरुण दकाल केन्द्रीय सदस्य देविन्द्र लिम्बु, नेपाली काँग्रेस प्रदेशसभा सचिवद्वय युवराज शङकर, राजेन्द्र राई, कोषाध्यक्ष रबिना गुरुङ, नेपाली काँग्रेस धरान–५ का वडा सभापति कुमार देवान, तरुण दलका क्षेत्रीय सभापति अजय राइ, नगर सभापति राम तामाङ लगायतको उपस्थिति रहेको थियो ।