धरान विशेष

धरानमा नगर अस्पताल बनाउने अभियानमा जुटे धरानेहरु


धरान: स्वास्थ्य विमा बोर्डले प्रथम स्वास्थ्य केन्द्रका रुपमा सरकारले सञ्चालन गरेको अस्पताललाई मात्र मान्यता दिने निर्णय सर्कुलर भएसँगै धरानमा अहिले नगर अस्पताल बनाउने कुरामा सर्वत्र चासोको विषय बनेको छ ।
धरान जस्तो सुगम सहरमा समेत नगरपालिकाले एउटा अस्पताल सञ्चालन गर्न नसक्दा स्वास्थ्य विमा बोर्डले गरेको निर्णयले विमित विरामीहरुले उपचारमा हैरानी खेप्नुपर्ने अवस्था आएको छ । बीपीलाई रिफरल सेन्टरको रुपमा मात्र घोषणा गरेपछि अहिले धरानका १० वटै वडाबाट सम्बन्धित पक्षलाई दबाब दिने उद्देश्यले धरान अस्पताल पुनस्थपना अभियान नै चलाएर अगाडि बढेका छन् ।

धरान १ मा रहेको पुरानो अस्पताल र अस्पतालले चर्चेको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छ । विगतमा धरान उपमहानगरपालिकाको नाममा रहेको यो जग्गा अहिले बीपी प्रतिष्ठानको नाममा आएको हो । यहाँ बीपीको समन्वयमा धरान उपमहानगरपालिकाले स्वास्थ्य चौकी सञ्चालनमा ल्याएको छ । यही ठाउँमा उपमहानगरपालिकाले नगर अस्पतालको अवधारणा अगाडि सारेको छ । बीपीले जग्गा फिर्ता नदिदा धरान उपमहानगरपालिकाले नगर अस्पताल बनाउन समस्या हुने भएपछि अहिले वडा वडाबाट पहल कदमी गर्न धरान अस्पताल अभियान सञ्चालन गरेका छन् । यही संस्थाले अहिले धरानमा नगर अस्पताल बनाउने दबाब सिर्जन गर्न छलफललाई तिब्रता दिँदै आइरहेका छन् । सोही अनुसार यो संस्थाले सुनसरी उद्योग वाणिज्य संघको हलमा व्यापक छलफल चलाएको छ ।
सो अवसरमा बोल्दै शिक्षाविद् एवम् समाजसेवी तथा यो अभियानमा जोडिनु भएका प्रा.डा राजेन्द्र शर्माले सबै ठाउँ सरकारी अस्पतालको सेवा उपलब्ध भइरहेको बेला धरान जस्तो सुगम नगरपालिकामा सरकारी अस्पताल विहीन भएर बस्नुपर्ने अवस्था आएकोप्रति आश्चर्य प्रकट गर्नुभयो । उहाँले सबै स्थानीय तहमा एउटा नगर अस्पतालको अवधारणा रहेको जनाउदै धरानमा समेत नगर अस्पताल बनाउन सम्बन्धित पक्षलाई दबाब दिँदै मागलाई बुलन्द बनाएर अगाडि लानुपर्नेमा जोड दिनुभयो ।
यस्तै कोशी प्रदेशकी सांसद यसोदा कायस्थले धरानमा एसियाकै सबै भन्दा शिक्षण अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहे पनि अहिले बीमा बोर्डले गरेको निर्णय अनुसार नगर अस्पताल अनिवार्य चाहिएको बताउनुभयो । उहाँले बीपीले धेरै चिकित्सक उत्पादन गरेको, गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई उपलब्ध गराएको भए पनि धरान जस्तो ठाउँमा नगर अस्पताल नहुनु विडम्बना भएको बताउनुभयो । उहाँले बीपीबाट पाउने सेवा ससुल्क सेवा रहेको भन्दै सरकारी अस्पतालबाट भने १९८ वटा सेवा निःशुल्क पाउने भएकोले नगर अस्पताल धरानमा अनिवार्य बनाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
सो अवसरमा बोल्दै नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले नगर अस्पताल धरानमा बनाउनका लागि धरानका जनप्रतिनिधिहरु, सरोकारवाला पक्षहरु सबै मिलेर सम्बन्धित निकायमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
यही दबाब समूहले यस भन्दा अगाडि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाने, स्वास्थ्य तथा विमा बोर्डलाई ध्यानाकर्षण गर्नेमात्र हैन स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत लेटरप्याड नै प्रयोग गरेर नगर अस्पताल निर्माणको लागि पत्राचार गरिसकेको अवस्था छ । अहिले अस्पताल निर्माणको अभियानमा धरानका २० वटै वडाबाट अभियान थालिएको छ ।
यही पुरानो अस्पतालमा वीपी प्रतिष्ठानले विरामीको चाप तथा प्रभावकारगी एवम् गुणस्तरीय सेवालाई ध्यानमा राखेर सो क्षेत्रमा निकट भविष्यमा सय शैयाको अस्पताल निर्माण गर्ने र तत्काल जेनेरल मेडिसिन र स्त्री रोग सम्बन्धि ओपिडी तथा ल्याव, एक्सरे र अल्ट्रासाउण्ड सुविधासहितको अस्पताल सेवा विस्तार गर्ने योजना अगाडि सारेको थियो । अहिले त्यो समेत प्रभाव विहीन बनेको छ । धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान जस्तो गुणस्तरीय स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्था हुदा हुदै पनि बीमा बोर्डले बीपीलाई रेफरल सेन्टरको रुपमा मान्यता दिएपछि अहिले धरानका जनप्रतिनिधि, विभिन्न संघ संस्था, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, सर्वसाधारण सबैले नगर अस्पताल बनाउन दबाब सिर्जना गर्न थालेका हुन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।